अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सवमा सम्पन्न

काठमाडौं । तेस्रो संस्करणको आइर्वाट नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव अनुष्का अर्यालद्वारा निर्देशित चलचित्र ‘सङ्कुुल’ प्रथम भएको छ । शनिबार चलचित्र विकास बोर्डमा सम्पन्न प्रतियोगितामा अनिता स्याङ्बो निर्देशित ‘वर्थ’, श्रेयन राज भण्डारी निर्देशित ‘अक्वारियम’, पुनम पौडेल निर्देशित ‘लिभिङ विथ डिग्निटी’ र सरिता शाह निर्देशित ‘नोटबुक’ले विशेष लघु चलचित्रको पुरस्कार आफ्नो पोल्टामा पार्न सफल भए ।

उपसभामुख इन्दिरा राना मगरले उद्घाटन गरेको महोत्सवको समापन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गर्नुभएको थियो । कार्यक्रममा मन्त्री शर्माले विजेतलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

महोत्सवमा नेपाली र विदेशी गरी १३ वटा चलचित्र प्रदर्शन गरिएको थियो । कम्बोडियाको ‘सेक्रेट किलर’, ट्युनिसियाको ‘द नाइट अफ द ब्लाइन्ड मुन’, तान्जानियाको ‘मुहाली’, किर्गिस्तानको ‘सागा अन ओमेन’लगायत चलचित्रहरूको प्रदर्शन भएका थिए ।

महोत्सवमा काठमाडौं महानगरपालिकाअन्तर्गतको युनेस्को चलचित्र नगरी परियोजना र चलचित्र विकास बोर्डले सहकार्य गरेका थिए । एक भिडियो सन्देशमार्फत महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले यो चलचित्र महोत्सवलाई एउटा अवसरको रूपमा लिनुपर्ने बताउनुभयो ।

महिलाद्वारा निर्देशित तीनदेखि १५ मिनेट लामा चलचित्रहरूले सहभागिता जनाएको महोत्सवमा महोत्सवमा सहभागिता जनाउन आइर्वाट भारतकी म्यानेजिङ ट्रष्टी तथा फिल्ममेकर आराधना कोहली कपुर, बंगलादेशकी फिल्ममेकर, मानवअधिकारकर्मी तथा पत्रकार सुमी खान, तान्जानियाकी पत्रकार तथा फिल्ममेकर मारियम मोहम्मद हमादी, किर्गिस्तानकी फिल्ममेकर तथा पत्रकार जाम्बी जुजुबालिविभा, आइर्वाट नेपाली संस्थापन वन्दना राणा, आइर्वाट नेपालकी पूर्वअध्यक्ष अनुपा श्रेष्ठ, नेपालकी फिल्म निर्माण सल्लाहकार प्रसुना डंगोललगायतको उपस्थिति थियो ।

महोत्सवमा पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालको उपस्थितिमा नेपालकी पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठलाई सम्मान पनि गरिएको थियो । कार्यक्रमको समापन समारोहमा मन्त्री शर्माले समाज परिवर्तनमा महिला चलचित्रकर्मीको प्रयासलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले अहिले विभिन्न क्षेत्रमा महिला सशक्तीकरणका अभ्यासहरू भइरहेको देखेका छौं । चलचित्र क्षेत्रमा समाजलाई सन्देश दिने ढंगले जसरी महिला चलचित्रकर्मीहरूले जुन प्रयत्न गरिरहनुभएको छ, उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु । यो कामले निरन्तरता पाउन सकोस् ।’ उहाँले समाजका विभिन्न काममा महिलाले आफ्नो पूरै जीवन कसरी त्याग गर्न सक्छन् भन्ने चलचित्रहरू पनि हेर्न पाएको बताउनुभयो । ‘महिलालाई किन धर्ती भनिएको हो भन्ने अर्थ यी चलचित्रमा पाइन्छ । यो महोत्सवमा देखाइएका सबै चलचित्रहरू एकदमै प्रेरणादायी छन्’, उहाँले भन्नुभयो । साथै उहाँले सरकारले महिला चलचित्रकर्मीहरूलाई प्रोत्साहन दिने खालका योजनाहरूमा काम गरिरहेको जिकिर गर्नुभयो ।

रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारहरूको छाता संगठन इन्टरनेशनल एसोसिएसन अफ वमन इन रेडियो एन्ड टेलिभिजन (आइर्वाट)को नेपाल शाखाले यो महोत्सवको आयोजना गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हरिभक्त बुढाथोकीको ‘बुढेसकाल’

काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘बुढेसकाल’ सार्वजनिक भएको छ । मदनकृष्ण श्रेष्ठको स्वर, …

प्रतिकृया दिनुहॊस