मलेसियाको ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’मा आरुष र एल्भिरालाई उपाधि

काठमाडौँ । मलेसियामा दुई नेपाली बालबालिकाले उपाधि हात पारेका छन् । मलेसियामा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२३’ मा आरुष भट्टराई र ल्भिरा महर्जन उपाधि जित्न सफल भएका हुन् ।

प्रतियोगितामा नेपालका तर्फबाट सहभागी बालक आरुषले शीर्ष उपाधि (ग्राण्ड विजेता) ‘मिस्टर किड युनिभर्स ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२३’ जिन्दा र एल्भिरा ‘मिस किड एलोरिङ औरा ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२३’ (उप विजेता) बन्न सफल रहिन् ।

कोटाकिना बालु शहरमा नेभेम्बर २८ तारिखदेखि डिसेम्बर ३ सम्म आयोजना भएको प्रतियोगितामा बालबालिकासँगै फेसन कोच राज फैजु पनि सहभागी थिए । फैजुले त्यहाँको टुरिजम निर्देशक इब्राहिम बिम ओथमानसँग समेत भेटेका थिए । भेटमा इब्राहिमलाई नेपालको तर्फबाट गिफ्ट समेत प्रदान गरेका थिए ।

प्रतियोगितामा आरुष र एल्भिराले नेपाली कला संस्कृतिको प्रचार प्रसारको अलवा नेपालको पर्यटन स्थल समेत चिनाए । प्रतियोगितामा सहभागी दुबै बालबालिकाको फेसन कन्सेफ डिजाइनर श्रीषा बैदारले तयार गरेकी हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रहेनन् लोक गायक एलपी जोशी

काठमाडौं । नेपाली लोकसङ्गीतका प्रतिभाशाली गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ …

प्रतिकृया दिनुहॊस