मनॊरञ्जन

‘साहो’ले तोड्यो ‘बाहुबली–२’ को रेकर्ड

काठमाडाैँ । ‘बाहुबली–२’ रिलीज भएको २ वर्षपछि साउथ इन्डियन फिल्मका सुपरस्टर प्रभास सिल्वर स्क्रीनमा एक्शन थ्रिलर फिल्म ‘साहो’ लिएर फर्किएका छन् । मल्टिस्टारर फिल्मलाई लिएर दर्शकहरुमा निकै उल्लास छाएको छ । यो फिल्म हिन्दी, तमिल र मलयालम गरी तीन भाषामा एकैसाथ रिलीजमा आउन लागेको छ । ‘साहो’लाई नर्थ इन्डियामा ४५०० वटा स्क्रिनमा रिलीज गरिनेछ । भारतीय मिडियाका अनुसार ‘साहो’ तामिलनाडुमा करीब ५५० वटा स्क्रिनमा रिलीज हुनेछ । यो भन्दा पहिले …

पुरा पढ्नुहॊस »

प्रियंका चोपडाले पाइन नयाँ प्रोजेक्ट

मुम्बई । प्रियंका चोपडाले नयाँ ईण्टरनेशनल प्रोजेक्ट पाएकी छिन् । अब उनी बालबालिकाको लागि बन्न थालेको सुपरहीरो सिनेमा ‘वी कैन बी हीरोज’ मा देखिदैछिन्। यस फिल्मका निर्देशक रबर्ट राड्रिग्सले गर्दैछन्। उनले ‘स्पाय किड्स’, ‘सिन सिटी’ र ‘एलीटा बैटल एन्जिल’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन्। प्रियंकाका साथै यस फिल्ममा पेड्रो पास्कल, क्रिस्टीन स्लाटर, बडी होलब्रुक, क्रिस्टोफर मैक्डोनाल्डको पनि प्रमुख भूमिका छ।

पुरा पढ्नुहॊस »

चलचित्र ‘जाइरा’प्रदर्शनमा

काठमाडाैँ । चलचित्र ‘जाइरा’प्रदर्शनमा आएको छ । शुक्रबारबाट रिलिज भएको यस चलचित्रले सोलो रिलिजको मौका पनि पाएको छ । यस मितिमा अन्य कुनै चलचित्र रिलिज भएका छैनन् । जाइरामा नायिका नम्रता श्रेष्ठ भिन्न अवतारमा प्रस्तु्त भएकी छिन् । आशुतोष श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रमा नम्रतासँगै अनुपबिक्रम शाहि, प्रमोद अग्रहरी, रेमनदाश श्रेष्ठ, सृजना रेग्मी, सुजाता श्रेष्ठ लगायतको मुख्य भूमिका छ । नम्रता श्रेष्ठको लगानी रहेको चलचित्रमा प्रसन्न गोपाली कार्यकारी निर्माताको रुपमा …

पुरा पढ्नुहॊस »

सनी लियोनी काठमाडौं आउँदै

काठमाडौं । बलिउड अभिनेत्री तथा पूर्व पोर्न स्टार सनी लियोनी नेपाल आउने भएकी छन। उनले आफू फिल्म पासवर्डको प्रिमियरका लागि नेपाल आउन लागेको भन्दै भिडियो सन्देश पठाएकी छन्। सन्देशमा भनिएको छ, ‘नमस्ते नेपाल। म सनी लियोनी। मैले अभिनय गरेको नेपाली फिचर फिल्म पासवर्डको प्रमोस्नल इभेन्ट र प्रिमियरमा सहभागी हुन म सेप्टेम्बर ११ मा नेपाल आउँदै छु।’ एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको यो फिल्मको ‘आजको साम।’ गीतमा यी अभिनेत्रीले निकै कामुक …

पुरा पढ्नुहॊस »

हरि विष्टको तीज गीत ‘माइतीको देश २’

काठमाडौँ । हरि विष्टले  यसपाली ‘माइतीको देश २’ बोलको तीज भाका बजारमा ल्याएका छन्। गीतमा गायिका टिका पुनको स्वर,हरि विष्टको शब्द संगीत छ।गीतमा नीर शाह, रमा थपलिया, प्रकाश गिरी र ममता खड्काको अभिनय रहेको छ।

पुरा पढ्नुहॊस »

चलचित्र ‘हजार जुनीसम्मको’ अर्को गीत सार्वजनिक

काठमाडौं ।  चलचित्र ‘हजार जुनीसम्मको’अर्को गीत सार्वजनिक  भएको छ । ‘तिम्रो मायामा भुलेर’ बोलको गीत चलचित्र रिलिज भएको ४ दिनपछि सार्वजनिक गरिएको हो । सुगम पोखरेलको आवाजमा समावेश गरिएको गीतमा प्रविण पौडेलको संगीत, मानस विक्रम थापाको शब्द छ । चलचित्रमा आर्यन सिग्देल र  प्रियङ्का कार्की,अनुभव रेग्मी, सलोन बस्नेत, अखिलेष प्रधान, सञ्चिता लुईंटेल, शिवहरि पौडेललको अभिनय छ ।

पुरा पढ्नुहॊस »

गायिका सुनिता अधिकारीको तीज गीत ‘चुरा’ सार्वजनिक

काठमाडौं । लोक तथा दोहोरी गायिका सुनिता अधिकारीले तीज गीत ‘चुरा’ सार्वजनिक गरेकी छिन् । गीतमा गायिका अधिकारीकै नृत्य छ। गीत पत्रकार तथा चर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेले लेखेका हुन्। शिव हमालको लय रहेको ‘चुरा’ को कृष्ण विक ‘भान्जा’ ले एरेन्ज र कुमार रानाले मिक्सिङ गरेका हुन्। अधिकारीका ‘पानको मिसी’, ‘क्यारम माया’, ‘लुरुरु हुरुरु’ जस्ता गीतहरु चर्चित छन्। साइन मिडिया प्रालिको प्रस्तुति रहेको गीतको कोरियोग्राफी तथा निर्देशन प्रकाश …

पुरा पढ्नुहॊस »

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को शिर्ष गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को शिर्ष गीत सार्वजनिक भएको छ । गीतमा कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माले स्वर तथा शब्द रहेको छ।

पुरा पढ्नुहॊस »