काठमाडाैं । गायक राजेश पायल राईको ‘हुरुक्कै भएँ म’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । पूर्वेली लोकभाकामा तयार गीत पत्रकार भेटघाटका साथ सार्वजनिक गरिएको हो।
गीतमा राजन मुकारुङको शब्द तथा दिनेश काजी बान्तवाको संगीत सुन्न सकिन्छ ।
गीतसँगै उत्कृष्ट म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । गीतको भिडियोमा अभिनेता दयाहाङ राई र एलिशा राईको अभिनय देख्न सकिन्छ ।
गाउँबेसी र मेलापातमा युवायुवतीको प्रेम प्रसङ्ग गीतको शब्द र भिडियोमा देखाउन प्रयास गरिएको छ ।
यससँगै भिडियोमा अभिनेता राईलाई फरक प्रतिभा (बोल्न नसक्ने) पात्रका रूपमा प्रस्तुत गरिएको छ । किरण चाम्लिङ राईको निर्देशनमा तयार गीतको भिडियोलाई भूपेन लिम्बुले खिचेका हुन् ।
https://youtu.be/nybbwEg6qYE
तपाईंको प्रतिकृया




