काठमाडौं । गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक भएको छ । ‘आकसकी चरी’ बोलको गीतमा शब्द रचना चिरञ्जिवी भट्टको रहेको छ भने संगीत ज्योती प्रकाशले भरेका छन् । स्वर रामकृष्ण ढकालको छ ।
जिज्दगीका आरोह अवरोहमा आउने दुःखलाई समेटेको गीतले सन्तान गुमाउने बुबाआमाको छटपटीलाई मुखरित गरेको छ ।
गोविन्द अन्जानले खिचेको भिडियो निर्देशन सुमन बैरागीले गरेका छन् । भिडियोमा सनम कठायत, समीक्षा पोखरेल र खुसी कट्टेल फिचर्ड छन् ।
तपाईंको प्रतिकृया




