काठमाडौं । हलिउड अभिनेता ब्राड पिटले ‘ओस्कर अवार्ड’ हात पारेका छन् ।
आज बिहान लन्डनमा आयोजित अवार्ड वितरण समारोहमा उनले हलिउड फिल्म ‘वान्स अपन अ टाइम’ बाट ‘बेस्ट सपोर्टिङ एक्टर’ (सवोत्कृष्ट सहअभिनेता) को अवार्ड हात पारेका हुन्।
उनले अभिनयमा जितकाे याे पहिलाे अवार्ड हाे। पिटले टम हान्कस, एन्थोनी हपकिन्स, अल पेसिनो र जोए पेस्कीलाई पछि पार्दै उक्त अवार्ड हात पारेका हुन्।
अवार्ड जितेपछि उनले खुसी व्यक्त गर्दै प्राप्त अवार्ड आफ्ना बच्चाहरूमा समर्पित गर्ने बताए ।
#Oscars Moment: Brad Pitt wins Best Supporting Actor for @OnceInHollywood pic.twitter.com/TSGjMB3v8P
— The Academy (@TheAcademy) February 10, 2020
तपाईंको प्रतिकृया




