काठमाडौँ । अमेरिकी गायिका तथा नायिका सेलेना गोमेजले केही समयको तनावलाई विश्राम दिँदै भर्खरै मात्र नयाँ एल्बम ‘रेअर’ बजारमा ल्याइन् । उक्त एल्बमको एक गीत ‘लस यु टु लभ मी’ ले त बिलबोर्ड चार्टमा तहल्का नै मच्चाइदियो । गायक जस्टिन बिबरसँगको लामो समयदेखिको प्रेमसम्बन्ध तोडिएपछि विक्षिप्त बनेकी सेलेनाले उक्त गीत बिबरका लागि नै जवाफ दिएर निकालिन् ।
प्रश्न तेर्सिनेबित्तिकै सेलेनाले छुटकारा पाउन चाहेको भन्दै हाँसिन् र भनिन्, ‘हे भगवान्, फेरि मैले छुटकारा पाउन खोजिरहेको बताएँ भने त मलाई मन नपराउने थुप्रै होलान् । त्यसैले सन्तुलित जवाफ दिने हो भने खुसीयाली बाँड्ने प्लेटफर्मका रूपमा यो यति ठिक छ । तर यदि मैले यसले मेरो पुस्ताका कतिपयको परिचय नै ध्वस्त पारिरहेको छ भनिनँ भने म झूट ठहरिनेछु ।’ सेलेनाले घुमाउरो पारामा इन्स्टाग्रामले युवा पुस्तालाई बिगारिरहेको जिकिर गरिन् । -कान्तिपुर दैनिकबाट
प्रतिकृया दिनुहॊस