उर्जा

Energy related news.

फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालय बनाइने, एक अर्ब रुपैयाँ लाग्ने अनुमान

काठमाडौँ । नेपालको पहिलो र एसियाको दोस्रो पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालयको रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले केन्द्रलाई जलविद्युत संग्रहालय र पर्यटकीय स्थलका रुपमा विकास गर्न एनइए इन्जिनियरिङ कम्पनीलाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ । ऐतिहासिक जलविद्यत केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाहरको जीर्णोद्धार र खाली रहेको जग्गामा नयाँ संरचनाहरु निर्माण गरिने छन् । काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र …

पुरा पढ्नुहॊस »

बाह्रबिसे सबस्टेसन तत्काल निर्माण नभए मध्यभोटेकोशीको १०२ मेगावाट बिजुली खेर जाने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्नुपर्ने दबाबमा परेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण थालिएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युतको निर्माण अन्तिम चरणमा पुगेपछि सो आयोजनाबाट उत्पादित बिजुली जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणलाई दबाब परेको हो । मध्यभोटेकोशीको निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरु भइरहेका छन् । मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा …

पुरा पढ्नुहॊस »

शनिबार उपत्यकाका यी स्थानमा ८ घण्टा बिजुली आपूर्ति बन्द हुने

काठमाडौँ । टेकुस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनबाट आपूर्ति भइरहेको बिजुली बन्द हुने भएको छ । भोलि बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा विद्युत् प्रभावित हुने भएको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नति गरी टेकू-स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भइरहेको छ । प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको विद्यमान इनकमर-१ प्यानल तथा दुईमध्ये …

पुरा पढ्नुहॊस »

चमेलिया-स्याउले-अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा

काठमाडौँ । दार्चुला र बझाङका नदी करिडोरमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण भएको चमेलिया–स्याउले–अत्तरिया एक सय ३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाको बलाँचबाट सुरु भई बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको गोदावरी नगरपालिस्थित अत्तरिया सबस्टेसनमा अन्त्य हुने एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा ल्याइएको हो । प्रसारण लाइनको लम्बाइ एक सय ३१ किलोमिटर छ । नेपाल विद्युत् …

पुरा पढ्नुहॊस »

ऊर्जा विकास दशक घोषणा गर्छौ : ऊर्जामन्त्री

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नवनिर्वाचित कार्यसमितिसँगको छलफलमा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्तीबहादुर बस्नेतले १० वर्षमा २० हजार मेगावाट विद्युत उत्पादनको महत्वकांक्षी लक्ष्य तयगर्न लागिएको बताएका छन् । आइतवार मन्त्री बस्नेतले मन्त्रालयले ऊर्जा विकास दशक वा षस्तै नाममा १० वर्षे रणनीति बनाउन तयारी शुरु गरिसकेको पनि बताए । इप्पानले भने ऊर्जा मन्त्री बस्नेतसँग वनको अवरोध हटाउन, हदबन्दीको समस्या समाधान गर्न, विद्युत व्यापारको अनुमति दिन, विद्युत ऐन …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीलाई भेटेर इप्पानले भन्यो- ‘ऊर्जा विकास दशक घोषणा गरौँ’

 काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी प्रभावित आयोजनाका साथै इप्पानले उठाएका अन्य मागहरू गम्भीर र उचित भएको बताएका छन् । शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल इप्पानको नवनिर्वाचित कार्यसमितिलाई बालुवाटारमा बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री दाहालले पूर्वी नेपालमा आएको बाढीले गरेको क्षतिको सरकारले उचित सम्बोधन गर्ने बताएका हुन् । ‘यसअघि मनाङ, मेलम्ची र यो वर्ष पूर्वी नेपालको खोलामा आएको बाढीको प्रकृति एउटै एउटै लाग्यो । भूगर्भविद्, मौसमविद्, वैज्ञानिक कसैले …

पुरा पढ्नुहॊस »

कुलमान घिसिङले इप्पानसँग भने- जलविद्युत आयोजनालाई ‘इनर्जी टेबल’ परिमार्जन गर्न दिन्छौं

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सञ्चालनमा आइसकेका जलविद्युत आयोजनालाई एकपटकका लागि ‘इनर्जी टेबल’ परिमार्जन गर्न दिने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का पदाधिकारीहरूसँग प्राधिकरणको कार्यालयमा भएको भेटवार्तामा कार्यकारी निर्देशक घिसिङले ‘हाइड्रोलोजी’ अनुमान गर्न नसकिने विषय भएकाले तोकिएभन्दा कम विद्युत उत्पादन गरिरहेका आयोजनालाई एकपटकका लागि इनर्जी टेबल परिमार्जन गर्न दिने बताएका हुन् । इप्पान अध्यक्ष गणेश कार्कीले ‘ग्लोबल वार्मिङ’ का कारण जलविद्युत आयोजनाको …

पुरा पढ्नुहॊस »

२० मेगावाटको बलेफीमा कुमारी बैंकको अगुवाइमा साढे ३ अर्ब ऋण लगानी

काठमाडौँ । २० मेगावाट क्षमताको तल्लो बलेफी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । साझा पावर डेभलपमेन्ट प्रालिले प्रवर्द्धन गरिरहेको आयोजनामा कुमारी बैंकको अगुवाइमा ऋण लगानी सम्झौता भएको हो । सिन्धुपाल्चोकको बलेफी खोलामा निर्माण हुने २० मेगावाटको आयोजनाको अनुमानित लागत ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्‍वपूँजीमा निर्माण हुने आयोजना यहि असारबाटै निर्माणमा जाने कम्पनीका प्रबन्ध सञ्चालक कुवेरमणि नेपालले जानकारी दिए …

पुरा पढ्नुहॊस »

इप्पानमा गणेश कार्कीको प्यानल विजयी, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिमा गणेश कार्कीको प्यानलै विजयी भएको छ । अध्यक्षदेखि कोषाध्यक्षसम्म निर्विरोध निर्वाचित भएको नयाँ कार्यसमितिमा ७ जना सदस्यको लागि मात्रै मतदान भएको थियो । त्यसमा पनि कार्की समूहबाट प्रतिसपर्धामा उत्रिएका सबै उम्मेदवार विजयी भएका हुन् । इप्पानको वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी निर्वाचित भएका छन् । उनी ३ वर्षपछि स्वतः अध्यक्ष हुनेछन् । ५ जना उपाध्यक्षमा आशिष गर्ग, भरतकुमार खत्री, उत्तम भ्लोन …

पुरा पढ्नुहॊस »

इप्पानको वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी निर्विरोध

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवारको उम्मेदवारी खारेज भएसँगै डाँगी निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन समितिले सूर्यप्रसाद अधिकारीको योग्यता नपुगेकाले उम्मेदवारी खारेज गरेको थियो । इप्पानको संशोधित विधानअनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुन इप्पानको पदाधिकारीमा एक कार्यकाल काम गरिसकेको हुनुपर्छ । तर, अधिकारी इप्पानको पदाधिकारीमा निर्वाचित भएका थिएनन् । तीन वर्षका लागि वरिष्ठ उपाध्यक्ष बनेका उनी …

पुरा पढ्नुहॊस »