उर्जा

Energy related news.

‘सहर उज्यालो कार्यक्रम’अन्तर्गत साढे ११ हजार स्मार्ट सडक बत्ती जडान

काठमाडौँ । ‘सहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार वटा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ। नेपाल विद्युत प्राधिकरणले स्थानीय तहहरुसँगको लागत साझेदारीमा शहरको मुख्य चोकमा चारै दिशामा उज्यालो छर्ने ६७ वटा अत्याधुनिक हाइमास्ट लाइट जडान गरेको छ। प्राधिकरणले सडक बत्ती राखिने संरचनाहरु निर्माणका लागि करिब ४२ करोड रुपैयाँ योगदान गरेको छ। प्राधिकरणले ‘शहर उज्यालो अभियान’अन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व …

पुरा पढ्नुहॊस »

अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर बिक्रि खुला

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको सोमबारखि १०० प्रतिशत हकप्रद सेयर खुला भएको छ । कम्पनीले १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । जसअनुसार १ सय रुपैयाँ अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन खुला भएको छ । यस हकप्रद सेयरका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गरिसकेको छ । साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद दाबी गर्न पाउनेछन् …

पुरा पढ्नुहॊस »

काठमाडौँ र ललितपुरका यी क्षेत्रमा १० बजेदेखि साढे ६ बजेसम्म विद्युत् जाने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा दिनभर विद्युत् अवरुद्ध हुने जानकारी दिएको छ । सूचना जारी गर्दै प्राधिकरणले टेकु सब स्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के-थ्री ६६ केभी प्रसारण लाइन सट डाउन गर्नुपर्ने भएकाले टेकु तथा के-थ्री सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरुद्ध हुने जानकारी दिएको हो । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकु सबस्टेसन स्तरोन्नति गरी …

पुरा पढ्नुहॊस »

तीन हजार १ सय सर्किट किलोमिटर प्रसारण लाइन थपियो

काठमाडौँ । बिजुलीको सहज प्रसारण तथा वितरणका लागि सरकारले प्रमुख प्राथमिकताका साथ प्रसारण लाइन निर्माण अगाडि बढाएको छ । आन्तरिक तथा बाह्य रुपमासमेत सहज बिजुली प्रवाहका लागि प्रसारण महासञ्जाल निर्माणमा सरकारले गरेको लगानीको प्रतिफलसमेत क्रमशः देखिन थालेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रसारण लाइन निर्माणलाई महत्वका साथ अगाडि बढाएको जनाएको छ । कार्यान्वयन गर्ने निकायका रूपमा रहेको नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ । …

पुरा पढ्नुहॊस »

कर्णालीमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै समयमा पूरा हुने

काठमाडौं । सम्झौताको म्याद सकिन करिब आठ महिना बाँकी छँदा कर्णालीमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै मितिभित्र पूरा हुने भएको छ। मुआब्जा तथा अन्य विवाद सल्टिएपछि कोहलपुर सुर्खेतमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै समयमा पूरा हुने भएको हो। बाँकेको बैजथानस्थित बस्तीमा सामान्य समस्या आए पनि करिब-करिब हल उन्मुख भएपछि काममा तीव्रता आएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बैजनाथ गाउँपालिका-१ …

पुरा पढ्नुहॊस »

नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने

काठमाडाैं । नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अथ्र्याएको छ । नेपाल, भारत र बङ्गलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । प्रारम्भिक चरणमा बङ्गलादेशले नेपालबाट ४० मेगावाट बराबरको बिजुली लैजाने जनाएको छ । हाललाई ४० मेगावाट धेरै नभए पनि नेपालको बिजुली तेस्रो देश निर्यात गर्ने विषय भने महत्वपूर्ण …

पुरा पढ्नुहॊस »

हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्ने भरतपुर-बर्दघाट प्रसारण लाइन निर्माण पूरा

काठमाडौँ । चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट सबस्टेसमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो । प्रसारण लाइनले एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्छ । २२० केभी डबल सर्किट प्रसारण लाइनलाई सुरुमा १३२ केभीमा …

पुरा पढ्नुहॊस »

सर्वसाधारणलाई आइपिओ जारी गर्दै विद्युत प्राधिकरण

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणाका लागि आईपीओ निष्कासनको प्रक्रिया सुरू भएको जानकारी दिएका हुन् । उनका अनुसार विद्युत प्राधिकरण ऐन २०४१ अनुसार सेयर जारी गर्न लागिएको हो । प्राधिकरणको खुद आम्दानी आर्थिक वर्ष २०७८/०७९ मा ८१ अर्ब रहेकोमा आर्थिक वर्ष २०७९/०८० खुद आम्दानी बढेर ११८ अर्ब पुगेको छ ।

पुरा पढ्नुहॊस »

विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा कमायो १२ अर्ब ३३ करोड नाफा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ कोड रुपैयाँ नाफा कमाएको छ । बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएका हुन् । उनका अनुसार गत आर्थिक वर्ष ०७९/८० मा अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको हो । आर्थिक वर्ष ०७७/७८ मा प्राधिकरणले नाफा ६ अर्ब १० करोड रूपैयाँ नाफा कमाएको थियो । उनका अनुसार अब प्राधिकरणको …

पुरा पढ्नुहॊस »

विद्युत् विस्तारमा गुणात्मक फड्कोः ९८ प्रतिशत घरधुरीमा पुग्यो स्वच्छ ऊर्जाको पहुँच

काठमाडाैँ । सरकारको स्पष्ट दृष्टिकोण तथा लगानीका कारण मुलुकभित्र विद्युत् विस्तार र स्वच्छ ऊर्जाको पहुँचमा उल्लेखनीय प्रगति भएको छ । आर्थिक वर्ष २०६२/६३ मा कूल विद्युत्को पहुँच २४ प्रतिशत बराबर रहेकामा आव २०७९/८० को अन्त्यसम्म आइपुग्दा ९८ प्रतिशत घरधुरीमा स्वच्छ ऊर्जाको पहुँच पुगेको छ । आव २०६२/६३ मा १२ लाख ८० हजार विद्युत्का ग्राहक रहेकामा हाल त्यो बढेर ७५ लाख बराबर पुगेको छ । आव २०७९/८० को अन्त्यसम्ममा मुुलुकको कूल …

पुरा पढ्नुहॊस »