दरमखोला हाइड्रो एनर्जी लिमिटेडका साधारण सेयर सूचीकृत

काठमाडौं । दरमखोला हाइड्रो एनर्जी लिमिटेड (Daramkhola Hydro Energy Ltd.) का साधारण सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा औपचारिक रूपमा सूचीकृत भएका छन्। नेप्से र दरमखोला हाइड्रोबीच बुधबार १ करोड ३ लाख ५ हजार कित्ता (१,०३,०५,०००) साधारण सेयर सूचीकरण सम्झौता सम्पन्न भएको हो।

रू. १०० अंकित मूल्यका यी सेयरमध्ये ३९ लाख ५० हजार कित्ता (३८.३३%) सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिएको र बाँकी ६३ लाख ५५ हजार कित्ता (६१.६७%) कम्पनीका संस्थापक लगानीकर्ताहरूको स्वामित्वमा रहेको नेप्सेले जनाएको छ।

लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले उक्त कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा काम गरेको थियो। नेप्सेले २०८२ साल कार्तिक १६ गतेको निर्णयअनुसार सूचीकरण प्रक्रिया सम्पन्न गरी कार्तिक १९ गते सूचना प्रकाशित गरेको हो।

दरमखोला हाइड्रोका सेयरहरू दोस्रो बजारमा आगामी कार्तिक २० गते (नोभेम्बर ६, २०२५) देखि कारोबारमा आउने भएका छन्। कम्पनीको प्रधान कार्यालय बागलुङको गाल्कोटमा रहेको छ भने सेयरधनी अभिलेख (RTA) सेवा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंले प्रदान गर्नेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री