ऊर्जामन्त्री कुलमान घिसिङ भारत प्रस्थान

काठमाडौं ।  नवीकरणीय ऊर्जाको विश्वव्यापी प्रवर्द्धनमा केन्द्रित अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA) को आठौं सभामा सहभागी हुन नेपालका ऊर्जामन्त्री कुलमान घिसिङ सोमबार नयाँदिल्ली प्रस्थान गरेका छन्।

चार दिनसम्म चल्ने यस सभामा ४० भन्दा बढी राष्ट्रका ऊर्जामन्त्री तथा उच्च पदस्थ अधिकारीहरू सहभागी छन्। सभामा सौर्य ऊर्जाको प्रवर्द्धन, दिगो ऊर्जा आपूर्तिको विस्तार र जलवायु परिवर्तन न्यूनीकरणका पहलहरूमाथि छलफल हुनेछ।

मन्त्री घिसिङले ‘बृहत् स्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआवद्धताको परिकल्पना’ विषयमा नेपालको दृष्टिकोण प्रस्तुत गर्नेछन्। नेपाल २०८१ भदौमा १०१ औं सदस्य राष्ट्रका रूपमा ISA मा आबद्ध भएको थियो। मन्त्री घिसिङ बुधबार स्वदेश फर्कने कार्यक्रम छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री