सोनापुर मिनरलले तिर्‍यो ८६ लाख ३० हजार, जोडियो बिजुलीको लाइन

काठमाडौं । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयल प्रा.लि.ले बिजुलीको बक्यौताको पहिलो किस्ता तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यससँगै प्राधिकरणले बिजुलीको लाइन जोडिदिएको छ ।

विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले ७ कात्तिकमा बिजुलीको लाइन काटिदिएको थियो ।

बक्यौताको पहिलो किस्ता ८६ लाख ३० हजार रुपैयाँ बुझाएपछि मंगलबार साँझ लाइन जोडिदिएको प्राधिकरणले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री