उर्जा

Energy related news.

कालीगण्डकी जलविद्युत केन्द्रको बृहत मर्मत

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणको स्वामित्वको १४४ मेगावाटको कालीगण्डकी ए जलविद्युत केन्द्रको विद्युत गृहमा रहेको इन्लेट भल्ब तथा युनिट २को बृहत मर्मत सुरु भएको छ । आयोजना निर्माणका वेला डिजाइन त्रुटीका कारण भल्बमा समस्या देखिएपछि प्राधिकरणले आइतबारबाट विद्युत गृह पूर्ण रुपमा बन्द गरी मर्मत सुरु गरेको हो । भल्बबाट पानी चुहिने लगायतक समस्याबाट विद्युत गृहमा आउनसक्ने सम्भावित दुर्घटना टार्न र ठूलो विद्युत गृह हिउँदमा बन्द गर्नु पर्ने अवस्था आउन नदिन …

पुरा पढ्नुहॊस »

पाँच हजार मेगावाटको पञ्चेश्वरको डिपिआर २३ वर्षसम्म पनि किन बन्न सकेन ?

काठमाडाैं । २३ वर्षअघि भएको महाकाली सन्धिअन्तर्गत बन्ने भनिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको संयुक्त विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अझै बन्न सकेको छैन । भारतको प्रधानमन्त्रीमा निर्वाचित भएको तेश्रो महिना नरेन्द्र मोदीले नेपाल भ्रमण गर्दा पनि एक वर्षभित्र परियोजना सुरु गर्ने भनिएको थियो । तर, उनी प्रधानमन्त्री भएको साढे चार वर्षसम्म पनि डिपिआर बन्न नसकेको खबर आजको नयाँ पत्रिका दैनिकमा जनार्दन बराल र पुष्प कोइरालाले लेखेका छन् । १८ साउन ०७१ मा मोदीको नेपाल …

पुरा पढ्नुहॊस »

सहमतिपछि मात्रै बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिइने

काठमाडौं । सरकारले लगानीको ढाँचा, ऋणको मात्रा तथा अन्य प्राविधिक विषयमा द्विपक्षीय सहमति भएपछि मात्रै बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीलाई जिम्मा दिने तयारी गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एण्ड पावर ग्रुपसँग वार्ता गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको थियो ।  चिनियाँ कम्पनी गेजुवाले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा चासो व्यक्त …

पुरा पढ्नुहॊस »

तल्लो मोदीले दशैँअघि उत्पादन शुरु गर्ने

कुश्मा । पर्वत जिल्लामा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत् आयोजनाले दशैँअघि उत्पादन शुरु गर्ने बताएको छ । २० मेगावाट क्षमताको सो आयोजनाले गत वर्षकै असारमा उत्पादन गर्ने भनिए पनि दशैँअघि मात्र उत्पादन दिने जनाएको हो । स्थानीयवासीको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले निर्माणमा ढिलाइ भएको र तोकिएको मितिमा निर्माण हुननसकेको भनाइ आयोजनाको छ । आयोजनाले ६० महिनामा उत्पादन शुरु गर्ने लक्ष्य लिएर विसं २०६९ साउनमा काम थालेको थियो । “वर्षामा पहिरो जाने, …

पुरा पढ्नुहॊस »

पुवाखोला दोस्रो आयोजनामा नेपाल बंगलादेश बैंकले ६० करोड लगानी गर्ने

इलाम। इलामको पुवाखोला दोस्रो जलविद्युत आयोजनामा नेपाल बंगलादेश बैंकले ६० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । ५ मेगावाटको आयोजना पिपल्स पावर लिमिटेडले निर्माण गरिरहेको छ । आयोजनामा ऋण लगानी सम्बन्धि सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङाना र पिपल्सका अध्यक्ष वीरेन्द्र न्यौपानेले हस्ताक्षर गरे। कम्पनीले इलाम नगरपालिका वार्ड नं. १ साँखेजुङ्ग र माइपोखरी  वार्ड नं. ४ भई बग्ने पुवा खोलामा निर्माण गरिरहेको छ । ९० करोड रुपैयाँ लागत …

पुरा पढ्नुहॊस »

हिमालयन ऊर्जा विकास कम्पनीले प्राथमिक शेयर निष्कासन गर्ने

काठमाडौं। हिमालयन ऊर्जा विकास कम्पनीले आयोजना प्रभावितको लागि प्राथमिक शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले २४ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने भएको हो। नौ करोड ९० लाख रुपैयाँ बराबरको नौ लाख ९० हजार कित्ता शेयर प्रभावित क्षेत्रका लागि निष्कासन अनुमति पाएको छ। बाँकी रहेको १४ करोड ८५ लाख रुपैयाँ बराबरको सर्वसाधारणलाई निष्कासन गर्ने छ। कम्पनीले प्रभावित क्षेत्रका स्थानीय वासिन्दाको लागि नौ करोड ९० लाख रुपैयाँ बराबरको प्राथमिक …

पुरा पढ्नुहॊस »

तामाकोसी पाँचौं आयोजनामा लगानी एसियन इन्फस्ट्रक्चर इन्भेष्टमेन्ट बैंकले गर्ने

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले १०१ मेगावाट क्षमताको तामाकोसी पाँचौ जलविद्युत आयोजना बनाउन एसियन इन्फस्ट्रक्चर इन्भेष्टमेन्ट बैंकले (एआईआईबी) लगानी गर्ने जानकारी दिएका छन्।  आयोजना नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको तामाकोसी जलविद्युत कम्पनी लिमिटेडले निर्माण गर्न लागेको हो । आगामी सन् २०१९ को मध्यबाट आयोजना निर्माण सुरुभई सन् २०२३ मा सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीले आयोजना निर्माण व्यवस्थापन र सुपरिवेक्षणको काम सुरु गर्न परामर्शदाता नियुत्तिको प्रक्रिया सुरु गरेको छ । आयोजनाको …

पुरा पढ्नुहॊस »

पोखरा देखि पर्वत जोड्ने सुरुङमार्ग चार वर्षभित्र पूरा गर्ने

काठमाडौं । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पोखरादेखि पर्वतको सदरमुकाम जोड्ने सुरुङमार्ग चार वर्षभित्र पूरा गर्ने बताएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित तीज मेलालाई सम्बोधन गर्दै मन्त्री लम्सालले पर्वतलगायत साविक धौलागिरिका चार जिल्लालाई प्रदेश राजधानी पोखरासँग प्रत्यक्ष जोड्ने उक्त सरुङमार्गको अहिले विस्तृत अध्ययन गर्ने काम भइरहेको बताउँदै अबको चार वर्षभित्रमा पूर्णरुपमा सम्पन्न गर्ने तयारीमा रहेको  बताए ।

पुरा पढ्नुहॊस »

माथिल्लो नौगाड जलविद्युतले आगामी पुसबाट परीक्षण उत्पादन सुरु गर्ने

काठमाडौं । ८ मेगावाटको माथिल्लो नौगाड जलविद्युत आयोजनाले आगामी पुसबाट परीक्षण उत्पादन सुरु गर्ने भएको छ । दार्चुलामा निर्माण सम्पन्न आयोजनाले अबको ३ महिनामा उत्पादन सुरु गर्न लागिएको हो । गत साउनबाट विद्युत उत्पादन गर्ने तयारी भए पनि निरन्तरको वर्षाले निर्माण प्रभावित हुँदा विद्युत उत्पादन अवधि पछि सरेको हो । २०७३ सालबाट निर्माण सुरु भएको आयोजना १ अर्ब ४४ करोड रुपैयाँ लागतमा सम्पन्न भएको कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादन …

पुरा पढ्नुहॊस »

३६ वटा जलविद्युत् आयोजनाको लाइसेन्स खारेज हुने खतरा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको निर्देशनमा भएका ३६ वटा जलविद्युत् आयोजनाको विवरण पेस गर्न पत्र काटिएको छ । विद्युत विकास विभागले २०७३ साउन ३० गतेअघि उत्पादन अनुमतिपत्र पाएका तर भौतिक प्रगति २० प्रतिशतभन्दा कम भएका उक्त आयोजनाहरूको विवरण पेस गर्न पत्र काटेको वतार्इएकाे छ । विद्युत् नियमावली २०५० को नियम २१ अनुसार कुनैपनि जलविद्युत् आयोजनाले अनुमतिपत्र जारी भएको १ वर्षभित्र तोकिए बमोजिमको भौतिक रुपमा निर्माण कार्य …

पुरा पढ्नुहॊस »