माथिल्लो तामाकोसीको अन्तिम परीक्षण सफल

काठमाडौं । स्वदेशी लगानीमा सबैभन्दा ठूलो जलविद्य‌ुत आयोजना माथिल्लो तामाकोसीको अन्तिम परीक्षण सफल भएको छ । सोमबारदेखि बिजुली उत्पादन हुने भएको छ। ४५६ मेगावाट विजुली उत्पादन गर्ने यो आयोजनाबाट पहिलो चरणमा पहिलो युनिटबाट ७६ मेगावाट उत्पादन गरिनेछ।

उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि खिम्ति सवस्टेशनमा तार तान्‍ने काम पनि भइसकेको छ। आयोजनाबाट उत्पादित विद्युत गोंगर-खिम्ती-ढल्केबर २ सय २० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ । नेपाल विद्य‌ुत प्राधिकरणले आयोजनाबाट २१ असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत उत्पादन सुरु गर्ने तालिक तय गरेको छ । ७६ मेगावाटका छ वटा युनिट छन् यो आयोजनामा । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमश विद्युत उत्पादन हुनेछ।

टोलीले विद्युतगृहको प्राविधिक परीक्षण, बाँधस्थल, रामेछापको खिम्तीमा निर्माणाधीन २सय २० को न्यू खिम्ती सबस्टेसन लगायतको अनुगमन गरी निर्माणमा संलग्न अधिकारीहरुसँग अन्तरक्रिया पनि गरेको थियो। आयोजनाका बाँध र इन्टेक लगायतका भौतिक संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणहरुको सबै प्रकारका परीक्षणहरु सफलतापूर्वक सम्पन्न भएका छन्।

स्वदेशी लगानीमा निर्माण भएको माथिल्लो तामाकोसी सबैभन्दा ठूलो आयोजना हो। दोलखास्थित यस आयोजनाबाट ४५६ मेगावाट विजुली उत्पादन हुनेछ। आयोजनामा विभिन्न युनिटमा ७६ मेगावाट क्षमताको ६ वटा टर्वाइन जडान गरिएको छ । आगामी असार मसान्त भित्रमा ३ वटा युनिटबाट ७६ मेगावाटका दरले २ सय २८ मेगावाट विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

इप्पानले २५औं वार्षिकोत्सव मनाउने, ऊर्जा समृद्धिका लागि विशेष कार्यक्रम घोषणा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव (रजत जयन्ती) …

प्रतिकृया दिनुहॊस