फाइल फोटो

आजबाट तामाकोशीमा ७६ मेगावाट बिजुली उत्पादन, प्रधानमन्त्रीले बालुवाटारबाटै उद्घाटन गर्ने

काठमाडाैँ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सोमबारदेखि बिजुली उत्पादन गर्ने भएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो ।

आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उनकाअनुसार आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ । प्रणालीको मागअनुसार विजुली उत्पादन हुने प्रवक्ता न्यौपानेले बताए ।

एउटा एउटा गरी ७६/७६ मेगावाटका ६ ओटै युनिटलाई यही आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने योजना रहेको आयोजनाले जनाएको छ । आयोजनालाई २२० केभिको गोंगर-खिम्ती प्रशारणलाइनमार्फत राष्ट्रिय प्रसारणमा जोडिने छ । आयोजनाको विद्युत न्यू खिम्तीबाट ढल्केबरतर्फ र खिम्ती–लामोसाँघु–भक्तपुर प्रसारण लाइनमार्फत काठमाडौं उपत्यकातर्फ प्रवाह गरिने छ ।

आयोजनाको साइट कार्यालय, आयोजनास्थलसम्मको पुहँच सडक, पुललगायतका पूर्वाधार निर्माणको कार्य आर्थिक वर्ष २०६२/६३मा र मुख्य संरचनाहरुको निर्माण आर्थिक वर्ष २०६७/६८मा सुरु भएको थियो । यो स्वदेशी लगानीमै निर्माण भएको नेपालकै ठूलो राष्ट्रिय गौरवको पहिलो जलविद्युत् आयोजना हो । यो आयोजना २०७१ साल अर्थात् ५ वर्षभित्रमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको थियो । तर लक्षित समयभन्दा ६ वर्ष ढिला गरी कुल ११ वर्षमा आयोजना निर्माण सम्पन्न भएको हो । तामाकोसीमा सुरु लगानी ब्याजबाहेक ३५ अर्ब र ब्याजसहित ४९ अर्ब भएकोमा अहिले बढेर ब्याजसहित ८७ अर्ब पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा, २६ करोड बढी रकम पाउने बाटो खुल्यो

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च अदालत पाटनमा हालेको मुद्दा माउन्टेन …

प्रतिकृया दिनुहॊस