उर्जा

Energy related news.

कुलमानको आग्रह- ‘पुनःनियुक्तिको माग गर्दै प्रदर्शन नगरिदिनुस्’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगरिदिनका लागि समर्थकहरुलाई आग्रह गरेका छन् । शनिबार (आज) एक विज्ञप्ति जारी गर्दै घिसिङले आफ्नो समर्थनमा प्रदर्शन नगर्न आग्रह गरेका हुन् । ‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा घिसिङले भनेका छन् । सरकारले आफूलाई कार्यकारी निर्देशक …

पुरा पढ्नुहॊस »

प्राधिकरणबाट बिदा हुँदै कुलमानले भने- ‘मैले काम मात्र गरेको हुँ’

काठमाडौं । ‘अब नेपाल लोडसेडिङमुक्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आमनेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यो भनिएको ठ्याक्कै चार वर्ष पुगेको छ । त्यही बीचमा उपभोक्ताले साँच्चिकै उज्यालो पाए, अर्थात् लामो समय देखिको दैनिक १६ घण्टा सम्मको लोडसेडिङ हट्यो । नेपाल विद्युत् प्राधिकरणमा आएका नयाँ कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युुत् भार कटौती (लोडसेडिङ) अन्त्य हुुुन्छ भनिरहँदा लोडसेडिङ तालिका खल्तीमा बोकेर गच्छेअनुसार दियालो, मैनबत्ती, मट्टितेल, इन्भर्टर र जेनेरेटरमा …

पुरा पढ्नुहॊस »

काठमाडौं र ललितपुरका यी क्षेत्रमा आज दिनभर विजुली नआउने

काठमाडौं । काठमाडौं र ललितपुरका अधिकांश स्थानमा आज दिनभर विजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत क्षमता विस्तार र संरचना सार्नका लागि आज बिजुली आपूर्ति बन्द हुने भएको हो । आज बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिजुली काटिने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । कुलेश्वर वितरण केन्द्र अन्तर्गत बालाजु स्वयम्भू फिडरको चक्रपथ विस्तार कार्यक्रम अन्तर्गत विद्युतीय संरचना सार्ने भएकाले बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिजुली आउने …

पुरा पढ्नुहॊस »

चार दिनदेखि अँध्यारोमा बस्न बाध्य पाल्पाका स्थानीय

पाल्पा । विद्युत आपूर्तिमा समस्या देखिएपछि यहाँका स्थानीय बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा विद्युत मिटरबक्स र कालोतार जलेपछि रातमा चार दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका छन् । बिहीबार राति जुठा र नेपाने बीचमा पर्ने लेखटोलमा हावाहुरीका कारण विद्युत्का मिटरबक्स, कालो तार नोक्सान भएको स्थानीय बासिन्दा तथा वडा सदस्य रुपक पुनले बताए । विद्युत नहुँदा बस्ती नै अँध्यारोमा रहेको पुनले बताए । विद्युत नहुँदा …

पुरा पढ्नुहॊस »

प्राधिकरणमा कुलमानलाई नै निरन्तरता दिनुपर्छ : अध्यक्ष डा. लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै निरन्तरता दिनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत अर्को कार्यकाल पनि घिसिङलाई दिनुपर्ने माग गरेका हुन् । वर्तमान सरकारले घिसिङलाई निरन्तरता दिनेमा आशंका व्यक्त गर्दै अध्यक्ष लोहनीले अर्को चार वर्ष उनलाई काम गर्ने मौका दिनुपर्ने धारणा राखे । ‘कुलमानको कार्य क्षमता अब नेपालमा सबैलाई थाहा छ, उनले यो इज्जत आफ्नो कामबाट कमाएका …

पुरा पढ्नुहॊस »

विद्युत् प्राधिकरण ३५औँ वर्षमा हालसम्मकै उच्च नाफामा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सोमबारदेखि स्थापनाको ३४ वर्ष पूरा गरी ३५ वर्षमा प्रवेश गर्दैछ । नेपालको ऊर्जा उत्पादन र वितरणमा अग्रणी संस्था सन् २०२३ सम्ममा सम्पूर्ण नेपालीको घरधुरीमा विद्युत् पु-याउने लक्ष्यका साथ प्राधिकरण अगाडि बढिरहेको छ । विगतमा घाटामा रहँदै आएको प्राधिकरणले आर्थिक वर्ष २०७३/७४ देखि नाफा गर्न सुरु गरेको हो । त्यसपछि क्रमशः नाफा वृद्धि गर्दै आएको छ । त्यसअनुसार आव २०७४/७५ मा दुई अर्ब ८५ करोड, आव …

पुरा पढ्नुहॊस »

उपत्यकाका यी क्षेत्रमा आज र भोलि दिनभर विद्युत् काटिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज र भोलि राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाटवितरीत ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गर्न लागिएको हो । प्राधिरकणले शुक्रबार र शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त फिडर अन्तर्गतका बाग्डोल क्षेत्रमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार सानेपा चक्रपथ, खाद्य गोदाम, …

पुरा पढ्नुहॊस »

विद्युत महसुल वापत २१ करोड सङ्कलन

नवलपुर । नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखाले आर्थिक वर्ष २०७६/७७ मा विद्युत महसुल वापत रु २१ करोड तीन लाख ७२ हजार ३१० सङ्कलन गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखाले ९७ प्रतिशत सफलता प्राप्त गरेको जनाएको छ । प्रशाखा प्रमुख सुजन रिजालका अनुसार कूल दुई करोड २२ लाख १५ हजार ६२३ युनिट विद्युत बिक्रीबाट कार्यालयले सो रकम आम्दानी गरेको हो । कार्यालयले बिक्री गरेको विद्युत मध्ये घरायसी …

पुरा पढ्नुहॊस »

ऊर्जामन्त्रीलाई भेटेर पर्यटन व्यवसायीले भने- ‘विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्नुपर्‍यो’

काठमाडौं । पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न उर्जामन्त्रीसँग माग गरेका छन् । कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिले शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटेर पर्यटन व्यवसाय बन्द रहेको अवस्थामा पनि डिमाण्ड शुल्कबवापत ठूलो रकम विद्युत् प्राधिरणलाई तिनुपर्दा व्यवसायी मारमा परेको भन्दै सो शुल्क मिनाह गर्न माग गरेका हुन् । विपद् समन्वय समितिका संयोजक एवं ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्मा ढुङ्गानाले बन्दाबन्दीका कारण …

पुरा पढ्नुहॊस »

विद्युत् महसुल ४०५ सम्म घट्यो, मासिक १० युनिट खपत गर्नेले ३० रुपैयाँ मात्र तिर्नुपर्ने

काठमाडौं  । बिजुलीको महसुलमा ४० प्रतिशतसम्म घटाउने निर्णय गर्दै विद्युत् नियमन आयोगले मासिक १० युनिटसम्म विद्युत् खपत गर्नेलाई निःशुल्क गर्नेसम्मको नयाँ नियम लागू गरेको छ । आयोगले विद्युत् महसुल सम्बन्धमा व्यापक हेरफेर गर्दैै निःशुल्क बिजुली उपलब्ध गराउने निर्णय गरेको हो । असार महिनाको खपतदेखि लागू हुने गरी विद्युत्को नयाँ महसुल दर निर्धारण गर्दै १० युनिटसम्म निःशुल्क गरेको छ । ती ग्राहकले मासिक ३० रुपैयाँ भने सेवा शुल्कबापत तिर्नुपर्नेछ । यस्तै, आयोगले सामुदायिक खानेपानी र …

पुरा पढ्नुहॊस »