उर्जा

Energy related news.

१० वर्षपछि बल्यो बिजुली, सल्लाको दियालोबाट छुटकारा

हुम्ला । निर्माण कार्य शुरु गरेको करिब १० वर्षपछि बिजुली बलेपछि हुम्लाको उत्तरी गाउँका स्थानीय बासिन्दाले उज्यालो देख्न पाएका छन् । सिमकोट गाउँपालिका-८ स्थित खोल्सी तथा नाम्खा गाउँपालिका-३ का लामाखोल्सी, खगाल गाउँ र गुम्बाका गरेर २५० घरधुरीले सल्लाको दियालोबाट मुक्त भएर उज्यालो देख्न पाएका हुन् । यसअघि गाउँमा बिजुली नहुँदा सल्लाको दियालो र सोलार टुकी तथा अन्य वैकल्पिक व्यवस्था गर्न बाध्य हुनुपर्ने अवस्था रहेको खोल्सी गाउँका स्थानीयवासी दन्त सिंहले जानकारी …

पुरा पढ्नुहॊस »

३७ मेगावाटको अपर म्याग्दी निर्माणको तयारी

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ नाउरामा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । हाइड्रो इम्पायर प्रालि काठमाडौँले निर्माण गर्न लागेको आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण शुरु गरेको छ । हाइड्रो इम्पायरका अध्यक्ष जीतबहादुर घर्तीले यसअघि २० मेगावाटको अनुमति पाएको आयोजनाको क्षमता बढाएर ३७ मेगावाट बनाउन परिमार्जित वातावरणीय परीक्षण (इआइए) प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए । प्रतिवेदनमा प्रभावित क्षेत्रका बासिन्दा तथा …

पुरा पढ्नुहॊस »

डिपिआरको ढिलाइले नलगाड छाड्दै सेना

जाजरकोट । ६ महिनाभन्दा बढी समयसम्म नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम रोकिएपछि सुरक्षामा खटिएको सेनाले हात झिक्ने चेतावनी दिएको छ । सुरक्षामा खटिएको सेनासँग दुई वर्षको सम्झौता गरेको भए पनि सम्झौता मिति सकिएको र अहिलेसम्म सम्झौताअनुसारको व्यवस्थापनसमेत नगरेको सेनाले जानकारी दिएको छ । सम्झौताअनुसार नेपाली सेनालाई रु १५ लाख भुक्तानी दिइएको र रु ४३ लाख दिन बाँकी रहेको छ । डिपिआरको जिम्मा लिएको स्मेक, एमडब्लुएच र …

पुरा पढ्नुहॊस »

एक महिनाभित्र ४२ मेगावाट विद्युत उत्पादन गर्दै मिस्ट्रीखोला आयोजना

म्याग्दी । म्याग्दीको अन्नपूर्ण-४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले अबको एक महिनाभित्र उत्पादन शुरु गर्ने तयारी गरेको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवर्धक रहेको मिस्ट्रीको बाँध, सुरुङ, क्यानल निर्माण, पेनस्टक पाइप र विद्युत्गृहमा उपकरण जडान सकिएको छ । निर्मित संरचना र जडान भएका उपकरणको परीक्षण शुरु गरिएको आयोजनाका परामर्शदाता इञ्जिनीयर दिवाकर खड्काले बताए । ‘संरचना बनाउने र उपकरण जोड्ने काम सकिएको छ’, उनले भने, ‘बनाएका …

पुरा पढ्नुहॊस »

शनिबार काठमाडौंका यी स्थानमा २ बजेसम्म बत्ति नआउने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाण्डौका विभिन्न ठाउँमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालकाअनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नुपर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो । यस सबस्टेशनबाट विस्तारित धोबिखोला, वाग्मती, कोटेश्वर, बानेश्वर, पुरानो एयरपोर्ट, लुभूलगायतका ठाउँमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणले बानेश्वर सबस्टेशनको ११ केभी बसबारमा मर्मत गर्न लागेको छ । प्राधिकरणले विद्युत् कटौती हुँदा …

पुरा पढ्नुहॊस »

काठमाडौंका सडकमा आधुनिक बत्ति राखिने, पहिलो चरण १७ करोड खर्च

काठमाडौं । काठमाडौं महानगरपालिकाले मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने भएको छ । यसका लागि बिहीबार महानगर, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र महानगरका मेयर विद्यासुन्दर शाक्यको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो । महानगरको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्युत् प्राधिकरणका तर्फबाट कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागका तर्फबाट महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गरेका हुन् । …

पुरा पढ्नुहॊस »

विद्युत प्राधिकरणका सय कर्मचारीको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्ना एक सय जना कर्मचारीको सरुवा गरेको छ । प्राधिकरणले आइतबार छैटौ तहदेखि दशौ तहसम्मका कर्मचारीको सरुवा तथा पदस्थापना गरेको हो । मंसिर २१ गतेको निर्णय अनुसार विभिन्न तहका कर्माचारी सरुवा, काज, तथा पदस्थापना गरिएको प्राधिकरणले जनाएको छ । सरुवा हुनेमा प्रबन्धकमा प्रणाली योजना विभागका प्रकाशनारायण सिंह राजपुत, कोहलपुर–नेपालगञ्ज र पथलैया–हरनिया १३२ केभी प्रसारण लाइन आयोजना प्रमुख राजु श्रेष्ठ र हेटौंडा ग्रिड शाखा प्रमुख विक्रमकुमार …

पुरा पढ्नुहॊस »

राहुघाट जलविद्युतको बाँध सिधा सडक सञ्जालमा जोडियो

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधतर्फ जाने रघुगङ्गा नदीमा मोटरेबल पुल निर्माण भएको छ । वडा नं ४ दग्नामको बुग्ल र वडा नं ५ को झिँ जोड्ने गरी रघुगङ्गा नदीमा मोटर गुड्ने बेलिब्रिज निर्माण गरिएको हो । राहुघाटको सिभिल ठेकेदार जयप्रकाश (जेपी) एसोसियट्सले ४० मिटर लामो र ३.५ मिटर चौडाइ भएको पुल निर्माण गरेको हो । ट्रस प्रविधिको सो पुलले ४० टन भार …

पुरा पढ्नुहॊस »

महामारीमा पनि रसुवागढी जलविद्युतको काम जारी

रसुवा । निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको काम सामाजिक दूरी कायम गराई जारी राखिएको छ । विद्युत गृहमा पानी पठाउने मुख्य प्रवेशद्वार भोटेकोशीमा बाँध बाँध्ने र बालुवा थिग्राउने भूमिगत तीन पोखरीमा ढलान गर्ने काम तीव्र रूपले अगाडि बढेको हो । एक सय ११ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको चार हजार १८५ मिटर हेडरेस सुरूङ , विद्युत गृह एवम् ट्रान्सफर्मर राख्ने स्थानको निर्माण पूरा भइसकेको रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ । स्वास्थ्य …

पुरा पढ्नुहॊस »

कञ्चनपुरको भेटघाटफाँटामा डेढ दशकपछि बिजुली बल्यो

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा बस्ती बसेको डेढ दशकपछि बिजुली पुगेको छ । विद्युत सेवा विस्तार भएपछि भेटघाटफाँटाका बासिन्दाले अँध्यारोमै बस्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । बस्तीमा रहेका १३२ परिवारका घरमा विद्युत जडान गरिएको हो । विद्युत सेवा नहुँदा स्थानीय बासिन्दाले रातिका बेला टुकीको सहारामा बस्तै आएका आएका थिए । “नजिकैको बस्तीमा विद्युतको व्यवस्था थियो”, समाजसेवी अर्जुनबहादुर साउदले भने, “पूर्वपश्चिम राजमार्गभन्दा झण्डै २०० मिटर टाढा रहेको बस्तीमा विद्युत सेवा …

पुरा पढ्नुहॊस »