प्राधिकरणले फेरि तीन उद्योगको लाइन काट्यो, साँझसम्म कुरेका थिए कुलमान

काठमाडौं । विद्युत् बक्यौता विवाद उत्कर्षमा  पुगेकै बेला नेपाल विद्युत् प्राधिकरणले फेरि तीन ठूला उद्योगको विद्युत् लाइन काटेको छ । विद्युत् बक्यौता बापतको रकम नतिरेको भन्दै प्राधिकरणले मंगलबार राती ती उद्योगहरूको लाइन काटेको हो ।

प्राधिकरणका अनुसार मंगलबार साँझ रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको विद्युत्को लाइन काटिएको छ । विद्युत् बक्यौता तिर्नुपर्ने समयावधि घर्किएपछि लाइन काटेको प्राधिकरणको भनाइ छ । ‘हामीले आज साँझसम्मको समय दिएका थियौं । तर, बक्यौता तिर्नु छोडेर उहाँहरु पत्रकार सम्मेलनमा लाग्नुभयो, साँझसम्म कुर्दा पनि बक्यौता नतिरेपछि हामीले लाइन काटेका हौं,’ प्राधिकरणले भन्यो ।

प्राधिकरणका अनुसार विद्युत्को लाइन काटिएका तीन उद्योग मध्ये रिलायन्सले सबा ६० करोड, घोराहीले साढे ४० करोड र अर्घाखाँचीले पौने ३६ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ । प्राधिकरणले यसअघि पनि बक्यौता नतिरेको भन्दै ६१ वटा उद्योगको लाइन काटेको थियो । तर, सरकारले उद्योगीहरूको दबाबपछि डेडिकेटेड र ट्रंकलाइन महसुल समस्या समाधानका लागि आयोग बनाएपछि लाइन पुन : जोडिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विद्युत् प्राधिकरणका देशभरका कार्यालयमा वृक्षारोपण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३९औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा देशभरका कार्यालयमा वृक्षारोपण गरेको छ । …

प्रतिकृया दिनुहॊस