आर्थिक

डिशहोम सुपरस्टार बैतडीका थापाले पाए एक लाख

काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानअन्तर्गतको विजेता बैतडीका प्रतापसिंह थापालाई पुरस्कार रकम प्रदान गरिएको छ। स्थानीय डिलरदाई ध्वजबहादुर थलालको समन्वयमा देहीमाण्डौं बैतडीमा आयोजित कार्यक्रममा थापालाई पुरस्कार रकम हस्तान्तरण गरिएको हो। कार्यक्रममा दशरथचन्द नगरपालिकाका मेयर पुष्करराज जोशी, डिश मिडिया नेटवर्कका सिनियर सेल्स अफिसर कमल रिमाल र लक्ष्मीराज जाशीले नगद एक लाख रुपैयाँ हस्तान्तरण गरे। डिशहोमले दशैँ–तिहार लक्षित मेगास्टार योजना सार्वजनिक गरेको थियो। डिश मिडिया नेटवर्क व्यवस्थापनले उक्त योजनामा …

पुरा पढ्नुहॊस »

सेयर बजारमा सामान्य गिरावट

काठमाडौं । सेयर बजार सामान्य अंकले बढेको छ । बुधबार ३.३३ अंकले बढेको सेयर बजार १८४१.०४ विन्दुमा आएर बन्द भएको छ । यसदिन २९३ कम्पनीका ३४ हजार ९३१ पटक भएको कारोबारमा ३७ लाख ५० हजार ८९५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १४ करोड ४ लाख ३२ हजार ७९० रुपैयाँको कारोबार भएको छ । यसदिन १२१ कम्पनीको सेयर मूल्य उकालो लाग्दा १०६ कम्पनीको ओरालो लागेको छ भने १३ कम्पनीको स्थिर …

पुरा पढ्नुहॊस »

आयात बन्द भएको ४ वर्षपछि नेपालमै रेडबुलको उत्पादन

काठमाडौँ । नवलपरासीमा रेडबुल उत्पादन सुरु भएको छ । नवलपरासीमा २ अर्ब लगानीमा रेडबुल उद्योग स्थापना गरिएको हो । आयात बन्द गरिएको साढे ४ वर्षपछि नेपालमै रेडबुलको उत्पादन सुरु गरिएको हो । व्यापारिक घराना खेतान समूहले थाइल्यान्डको रेडबुल कम्पनीसँग सम्झौता गरी सरस बेभरेज प्रालि नामक उद्योग दर्ता गर्दै नेपालमै रेडबुल उत्पादन सुरु गरेको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगको उद्घाटन गरेका हुन् । साढे ४ वर्षअघि तत्कालीन अर्थमन्त्री डा. …

पुरा पढ्नुहॊस »

बुद्ध एयरले नवविवाहित जोडीलाई टिकट उपहार दिने

काठमाडौं । बुद्ध एयरले नवविवाहित जोडीहरूलाई टिकट उपहार दिने भएको छ । बुद्धले मंसिर तथा पुस महिनाको विवाहपञ्चमीभित्र नवविवाहित जोडीलाई काठमाडौं-पोखराको दुईतर्फी उडान टिकट उपहार दिन लागेको हो । कम्पनीकाअनुसार यसका लागि बुद्धको जहाजसँग बेहुला बेहुलीको तस्विर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग वा पोष्ट गर्नुपर्नेछ । जसमध्ये बुद्धले १० जोडीलाई पोखराको दुईतर्फी टिकट उपहार दिनेछ ।

पुरा पढ्नुहॊस »

फेरि घट्यो सुनको मूल्य, बुधबार कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ ।  नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले घटेको हो । यसदिन छापावाला सुन प्रतितोला एक लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य २० रुपैयाँले घटेको छ …

पुरा पढ्नुहॊस »

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । नेप्से परिसूचक १० दशमलव १० अङक्ले घटेर एक हजार आठ सय ३७ दशमलव ७१ को विन्दु कायम भएको हो । दुई सय ९२ कम्पनीको ४६ लाख ९८ हजार छ सय ८२ कित्ता शेयर ३८ हजार पाँच सय ८४ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ५४ करोड ४९ लाख ३५ हजार चार सय ३८ बराबरको …

पुरा पढ्नुहॊस »

रियलमी विजेताले पाए स्कुटर र टिभी

काठमाडौं । रियलमीले ‘दशैँ तिहार उमंग : उपहारले सबै दंग’ क्याम्पेनका विजेता घोषणा गरेको छ । क्याम्पेनको बम्पर उपहारमा टिभिएस एनटर्क स्कुटर, वासिङ मेसिन, रियलमी जिटी प्रो २ र टिभी सेट रहेका थिए । न्यु रामेश्वरम् सप्लायर्सबाट विनिता चौधरीले टिभिएस एनटर्क स्कुटर र भरत ट्रेड प्रालिबाट प्रकाश अधिकारीले बम्पर पुरस्कारका रूपमा रियलमी जिटी २ प्रो स्मार्टफोन जित्न सफल हुनुभएको छ । त्यसैगरी एसबी भिजनबाट बाबुराम बस्नेतले सात केजीको कोनका अटो …

पुरा पढ्नुहॊस »

सौर्य सिमेन्टद्वारा क्लिंकर निर्यात सुरु

काठमाडौं । सौर्य सिमेन्ट इण्डष्ट्रिजले आफ्नो क्लिंकर उत्पादन छिमेकी मुलुक भारततर्फ निर्यात सुरु गरेको छ । उद्योग परिसरमा पहिलो निर्यातअन्तर्गत मंसिर १६ गतेदेखि औपचारिक कार्यक्रमबीच सौर्य सिमेन्टका प्लाण्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काले संयुक्तरूपमा क्लिंकर निर्यातको शुभारम्भ गर्नुभएको हो । माघ २०७८ बाट व्यावसायिक उत्पादन सुरु गरेको उद्योगको क्षमता तीन हजार मेट्रिकटन क्षमता रहेको छ । व्यावसायिक घराना शंकर गु्रप, गोल्छा ग्रुप तथा अम्बे गु्रपको संयुक्त लगानीमा …

पुरा पढ्नुहॊस »

एकैदिन २४ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २४ सय रुपैयाँले घटेको हो । छापावाला सुन प्रतितोला एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ । …

पुरा पढ्नुहॊस »

हिमालयन डिस्टिलरीको लाभांश घोषणा

काठमाडौं ।  हिमालयन डिस्टिलरीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरूलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। गत वर्ष कम्पनीले ६० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश वितरण गरेको थियो। गत वर्षको तुलनामा कम्पनीको लाभांश दर …

पुरा पढ्नुहॊस »