युवा पुस्तासँग जोडिँदै यामाहा: ‘ओटाकु जात्रा २०२५’ मा ८,००० भन्दा बढीको उत्साहजनक सहभागिता

काठमाडौं । यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो पप–कल्चर फेस्टिभल “ओटाकु जात्रा इन्टु जात्रा भर्स २०२५” (Otaku Jatra into Jatra Verse 2025) मा सह–प्रायोजकको रूपमा सहभागिता जनाउँदै युवाहरूसँगको आफ्नो सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको छ। ८,००० भन्दा बढी युवा, पप–कल्चर फ्यान, गेमर, र कस्प्ले (Cosplay) कलाकारहरूको उत्साहजनक उपस्थिति रहेको यस कार्यक्रममा यामाहाको सहभागिता केवल मोटरसाइकल प्रदर्शनमा मात्र सीमित रहेन। यामाहाले आफ्नो MT-15 सिरिजलाई ओटाकु जात्रामा ल्याउँदै स्ट्रीट–कल्चर मोटरसाइकलिङ र पप–कल्चर समुदायको दूरी घटाउने काम गर्‍यो, जहाँ सृजनशीलता, आत्म–अभिव्यक्ति र राइडिङ लाइफस्टाइल एकै ठाउँमा प्रस्तुत गर्ने मौका दियो। ओटाकु जात्रा जस्तो युवा केन्द्रित र सिर्जनात्मक कार्यक्रममा सहभागिता जनाएर यामाहाले आधुनिक युवा संस्कृति, उनीहरूको वैयक्तिक स्वतन्त्रता र जीवनशैलीलाई बुझ्ने ब्रान्डको रूपमा आफ्नो परिचयलाई अझ बलियो बनाएको छ। कस्प्ले, स्ट्रिट आर्ट, गेमिङ र संगीतले भरिपूर्ण उक्त फेस्टिभलको माहोल यामाहाको ‘युवा र स्ट्रिट–कल्चर‘ मा केन्द्रित पहिचानसँग पूर्ण रूपमा मेल खाएको थियो। यसै अवसरमा यामाहाले नेपालको प्रतिष्ठित ‘नेपाल रोड रेसिङ च्याम्पियनसिप (NRRC) २०२५’ का पोडियम विजेता दीपेश जैसवाल, नेसनल क्याटागोरी विजेता श्रीहरि पौडेल र महिला क्याटागोरी विजेता वर्षा बस्नेतलाई यामाहाको मर्चेन्डाइज हस्तान्तरण गर्दै सम्मान गरेको थियो। यसले मोटरस्पोर्ट्सको विकास र उत्कृष्टताप्रतिको ब्रान्डको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। कार्यक्रमको मुख्य आकर्षणमध्ये एक ‘कस्टमाइज्ड‘ (Customized) MT-15 मोटरसाइकलहरूको प्रदर्शनी थियो। राइडरहरूको व्यक्तिगत कथा र प्रेरणा झल्काउने यी मोटरसाइकलहरूमा गरिएको युनिक मोडिफिकेसन, लिभरी र एसेसरिजले राइडिङ समुदायभित्रको रचनात्मकतालाई उजागर गरेको थियो। यामाहा नेपालका सीईओ तथा कार्यकारी निर्देशक श्री दीपक कुमार अग्रवालले ती राइडरहरूलाई भेट्दै यामाहाको मर्चेन्डाइज प्रदान गर्नुभएको थियो। फेस्टिभलमा प्रस्तुत गरिएको यामाहाको स्टन्ट शो (Stunt Show) ले दर्शकहरूको ध्यानाकर्षण गर्दै माहोल तताएको थियो। प्रोफेशनल राइडरहरूले प्रस्तुत गरेको स्टन्टले यामाहाको पर्फर्मेन्स डीएनए (DNA) र बलियो मोटरस्पोर्ट्स विरासतलाई झल्काएको थियो। दर्शकहरूसँग अझ नजिकिन यामाहाले विभिन्न अन्तरक्रियात्मक र अनुभवजन्य जोनहरू पनि सिर्जना गरेको थियो। मोटोजीपी (MotoGP) रेसिङ सेटअपसहितको गेमिङ जोन, ग्राफिटी आर्ट वाल र हेल्मेट आर्ट जोनले सहभागीहरूलाई आफ्नो रचनात्मकता देखाउन प्रोत्साहित गर्यो। साथै, MT-15 एक्स्पेरियन्स जोनमा टेस्ट राइडको व्यवस्था गरिएको थियो जहाँ युवाहरूको बाक्लो उपस्थिति देखियो। कार्यक्रमको अर्को विशेष आकर्षण ‘MT राइड–आउट‘ रह्यो, जसमा ३५ जना राइडरहरूले कस्प्ले कलाकारहरूलाई पिलियन (पछाडि) राखेर प्लाजा पुग्नुअघि नै कार्यक्रमको हाइप अझ बढाउन सफल भयो।…

दराजद्धारा, दराज १.१, द नं १ सेल सार्वजनिकः नयाँ वर्षको सुरुवात विशाल बचतसँगै

काठमाडौं। देशकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले नयाँ वर्षलाई अझ विशेष बनाउने सोच सहितदराज १.१, द नं १ सेल…

निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल

काठमाडाैं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल माथी उठाँउँदै विश्वास पुनःस्थापना गर्नु…

आजका लागि विदेशी मुद्राको विनिमय दर यस्ताे

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर…

यस्तो छ आजकाे तरकारी तथा फलफूलको मूल्य

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।…

झूटो धितोपत्र कारोबारको आरोपमा पक्राउ परेका दीपेन्द्र अग्रवाल धरौटी बुझाएर थुनामुक्त

काठमाडौं । झूटो धितोपत्र कारोबार तथा शेयर मूल्य प्रभावित पारेको आरोपमा पक्राउ परेका शेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटी बुझाएर थुनामुक्त…

मन्त्री चौलागाईँले गरे सुर्यविनायकमा चिडियाखाना निर्माण चाँडै सुरु हुनेबारे घोषणा

काठमाडौं । वन तथा वातावरणमन्त्री माधव प्रसाद चौलागाईँले भक्तपुरको सुर्यविनायकमा चाँडै चिडियाखाना बनाउने घोषणा गरेका छन् । सोमबार चिडियाखाना राष्ट्रिय…

प्रिक्साद्वारा दैलो कृषि अधिग्रहण : कृषि र खाद्य प्रणालीलाई अझै विश्वासिलो बनाउने लक्ष्य

काठमाडौं । नेपालमा कृषि र खाद्य प्रणालीलाई अझै विश्वासिलो, सुरक्षित र पारदर्शी बनाउने उद्देश्यसहित प्रविधि कम्पनी प्रिक्साले दैलो कृषिलाई अधिग्रहण…

काठमाडौंमा एभरेस्ट समिटियर्स समिट आयोजनाकाे मिति तय

काठमाडौं । एभरेस्ट एलायन्स नेपालले ‘दिगो भविष्यको लागि हिमालयी नवप्रवर्तन’ भन्ने मूल नाराका साथ एभरेस्ट समिटियर्स समिट २०२६ आयोजना गर्ने…

आजदेखि रिज लाइन इनर्जीको आईपीओ निष्कासन

काठमाण्डौं । रिज लाइन इनर्जी लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सार्वजनिक गरेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत आयोजना प्रभावित…

उमाकुण्डका किसान सुन्तला खेतीबाट नाफामा

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका ४, ५ प्रीतिका किसानहरू व्यावसायिक सुन्तला खेतीमा आवद्ध छन् । अन्य खेती गर्ने मानिसहरू गाउँमा…

ताजा सामाग्री