बैंकिङ्ग

ज्योति विकास बैंकको दोस्रो त्रैमासको नाफा बृद्धि

काठमाडाैँ । ज्योति विकास बैंकले चालु आर्थिक वर्ष २०७५७६ को दोस्रो त्रैमासमा खुद मुनाफामा १७ करोड ४ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनाभन्दा १७.६० प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले १४ करोड २५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । २ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडा कोषमा ४५ करोड ७४ लाख रुपैयाँ सञ्चिती गरेको छ । …

पुरा पढ्नुहॊस »

ब्याजदर घटाउन बैंकहरूबीच भद्र सहमति

काठमाडौं । बैंकर्स संघले मुद्दति निक्षेपमा दिने ब्याजदर फेरि घटाउन भद्र सहमति गरेको छ।२८ ‍वटै सदस्य बैंकका प्रमुख कार्यकारी र प्रतिनिधिसँग बिहीबार बिहान भएको छलफलपछि संघले मुद्दति निक्षेपको ब्याजदर घटाउने भद्र सहमति गरेको हो। सहमतिअनुसार शुक्रबारदेखि लागू गर्ने गरेर बैंकहरूले संस्थागत मुद्दतिमा ९ प्रतिशत र व्यक्तिगतमा १० प्रतिशत ब्याज दिने सहमति गरेका हुन्। अहिले बैंकहरूले संस्थागत निक्षेपकर्तालाई साढे १० र व्यक्तिगतलाई ११ प्रतिशत ब्याज दिँदै आएका थिए। त्यस्तै बैंकहरूले साधारण बचतमा …

पुरा पढ्नुहॊस »

साफाद्वारा सिटिजन्स बैंक सम्मानित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट्स (साफा)द्वारा पुरस्कृत भएको छ । भारतको पुणेमा आयोजित एक समारोहमा बैंकलाई पुरस्कृत गरिएको हो । प्राइभेट सेक्टर बैंक विधामा बैंकले सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ । सार्क क्षेत्रमा क्रियाशील रहेका व्यावसायिक लेखा निकायहरूको छाता संगठनको रूपमा स्थापित साफाले हरेक वर्ष दक्षिण एसियामा प्रकाशित वार्षिक प्रतिवेदनहरुको मूल्यांकन गरी विभिन्न विधामा पुरस्कार वितरण गर्दै आईरहेको छ । साफाले यो पुरस्कार …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ्ग सेवा गोरखाको फुजेलमा पनि

गोरखा । माछापुच्छ्रे बैंक लिमिटेडले गोरखाको गण्डकी गाउँपालिका वडा नं ४ फुजेल ढाबेमा शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा माघ ८ गतेबाट यो सेवा सुचारु गरेको हो । कार्यक्रममा स्थानिय जनप्रतीनिधी धादिङ गजुरी शाखाका शाखा प्रमुख रमेश सोडारीसहित स्थानियको बक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको सभापतीत्व गरेका अनुप अर्यलाले आफ्नै घर गाउँमा  बैकिङ्ग सुबिधा प्राप्त  हुने भएपछी  स्थानिय हर्षित भएको बताएका छन ।  यो सहित माछापुच्छ्रे …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको नाफा पौने अर्ब, कस्ता छन् अरु सूचांक ?

काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक बर्षको ६ महिनामा ८७ करोड नाफा आर्जन गरेको छ । बैंकले पुस मसान्त अवधीमा कमाएको यो नाफा गत आर्थिक बर्षको पुस मसान्तको तुलनामा १६ करोड रुपैंयाँले बढी हो । बैंकले गत आवको पुस मसान्तमा ७१ करोड नाफा कमाएको थियो । सिद्धार्थ बैंकले असोज मसान्तदेखि पुस मसान्त अवधीमा एक खर्बमा रहेको निक्षेपलाई १ खर्ब ६ अर्ब पुर्याएको छ भने कर्जा लगानी ९० अर्बबाट ९७ अर्ब …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमइ बैंकको सीइओ जनक शर्माको राजिनामा स्वीकृत

काठमाडौं । ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । माघ ८ गते बसेको बैंक सञ्चालक समितिको ३१४ औं बैठकले सीइओ पौडेलको राजिनामा स्वीकृत गरेको हो । ४ वर्षे कार्यकालका लागि नियुक्ति लिएका पौडेलले कार्यकाल पूरा नहुँदै पदबाट राजनामा दिएका थिए ।

पुरा पढ्नुहॊस »

ओम डेभलपमेन्ट बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता

काठमाडौँ । ओम डेभलपमेन्ट बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी तथास्कुल विश्वविद्यालयको तर्फकाट डा. रबिन्द्र घिमिरेले हस्ताक्षर गरे । सम्झौतापत्रमा बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यबस्थापनमा पोखरा विश्वविद्यालयमा स्तातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रात्साहित गर्ने, बैंकद्धारा सञ्चालन गरिने बित्तीय साक्षरता कार्यक्रममा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहयोग लिने, भिजिटिङ प्रोफेसरका रुपमा अध्ययनरत विद्यार्थिहरुलाई बैंकिङ तथा वित्तीय क्षेत्रका विविध विषयमा जानकारी गराउने लगायत विविध विषयहरु …

पुरा पढ्नुहॊस »

देव विकास बैकको शाखा बर्दिया जिल्लाको मगरागढीमा

काठमाडौं । देव  विकास बैकको बैकिङ्ग वर्दिया जिल्ला बरवर्दिया नगरपालिका वडा नं ६ मगरागढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाबाट विप्रेषण, सि एएसबिए, एसएमएस रइन्टरनेट व्याकिङ्ग, भिसा डेबिटरएटिएम कार्ड, ई व्याकिङ्ग, लगायतका सम्पूर्ण बैकिङ्ग सुविधाहरु ग्राहक  प्राप्त गर्न सकिने छ ।  

पुरा पढ्नुहॊस »

शिखर इन्स्योरेन्स र नेपाल बैंकबीच बीमा सेवा सम्झौता

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी र नेपाल बैकबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे र नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरे । धर्मपथस्थित बैकको प्रधान कार्यालयमा आयोजित उक्त कार्यक्रममा नेपाल बैकका सहायक प्रमुख कार्यकारी अधिकृत कृष्ण वहादुर अधिकारी ,संस्थागत योजना तथा अनुसन्धान विभागका मुख्य प्रवन्धक लेखनाथ भुसाल, प्रेस संयोजक मुकुन्द अर्याल, शिखर इन्स्योरेन्स कम्पनीका उप प्रवन्धक अन्जन ढकाल …

पुरा पढ्नुहॊस »

एशियन लाइफ इन्स्योरेन्स र सिभिल बैंकबीच सम्झौता

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी  र सिभिल बैंकबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले हस्ताक्षर गरे ।सम्झौता पश्चात  बैंकका ग्राहकहरुले ७१ वटै शाखाहरुबाट सहज रुपमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रबर्दनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभाविन्त हुने विश्वास बैंकले लिएको छ ।

पुरा पढ्नुहॊस »