एनएमबी बैंक सीडीसी ग्रुपबाट १ करोड ५० लाख अमेरिकी डलर कर्जा लिन सफल

काठमाडौँ । एनएमबी बैंक विदेशी संस्था सीडीसी ग्रुपबाट १ करोड ५० लाख अमेरिकी डलर कर्जा लिन सफल नेपालको पहिलो बैंक भएको छ । नेपाल राष्ट्र बैंकबाट जारी विदेशी लगानी सम्बन्धी नीतिगत व्यवस्थालाई पूर्ण रुपमा उपयोग गरी विदेशी लगानी भित्र्याउन सफल भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा एनएनबी बैंकका सिइओ सुनिल केसीले बताए ।

एनएमबी बैंकले सीडीसी ग्रुप सहित ३ वटा संस्थाहरुबाट यस प्रकारको कर्जा लगानी भित्र्याइसकेको छ । यस्तो कर्जा लगानी भित्र्याउने एनएमबी बैंक नेपालको पहिलो भएको सिइओ केसीले बताए । सीडीसी ग्रुप बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको वित्तीय संस्था हो । यो संस्थाले सव साहारा अफ्रिका तथा दक्षिण एसियाका देशहरुमा रोजगार सिर्जना गरी आर्थिक विकास गर्ने उद्देश्यले लगानी गर्दै आएको छ ।

एनएमबी बैंकले बेलायत स्थित फाइनान्सियल टाइम्सबाट लगातार यसवर्ष पनि बैंक अफ दी इयर २०१८ को सम्मान प्राप्त गर्न सफल भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकका ग्राहकलाइ एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिक

काठमाडौं । सिटिजन्स बैंक र एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिक बीच समझदारी भएको छ …

प्रतिकृया दिनुहॊस