काठमाडौं । सानिमा बैंक लिमिटेडले दराज नेपालसँग सहकार्य गर्दै ग्राहकहरूका लागि आगामी “दराज ११.११ सेल” अवधिमा विशेष छुटको योजना ल्याएको छ। उक्त सहकार्यअन्तर्गत ग्राहकहरूले अनलाइन खरिदलाई अझ आकर्षक बनाउन विशेष बैंकिङ सुविधा प्राप्त गर्न सक्नेछन्।
यस योजनाअन्तर्गत दराजबाट सामान खरिद गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले छुट पाउनेछन्। डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा अधिकतम रु १,५०० सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले २० प्रतिशत वा अधिकतम रु २,००० सम्मको छुट प्राप्त गर्न सक्नेछन्।
छुट पाउनका लागि ग्राहकहरूले दराजमा उपलब्ध सानिमा बैंक भौचर सङ्कलन गर्नुपर्नेछ। यो अफर “पहिलो आउनेलाई पहिलो प्राथमिकता” को आधारमा लागू हुनेछ।
यो विशेष अफर २०८२ कार्तिक २५ देखि मंसिर ५ गतेसम्म लागू रहनेछ। बैंकले यस अभियानमार्फत ग्राहकहरूलाई डिजिटल भुक्तानी प्रवर्द्धन गर्न र अनलाइन किनमेलमा थप सहजता पुर्याउने लक्ष्य राखेको जनाएको छ।




