पहिलो त्रैमासमा कुन बैंकहरुले कति कमाए ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय प्रतिवेदनले नेपालका वाणिज्य बैंकहरूको नाफामा मिश्रित तस्वीर देखाएको छ । कुल १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाए पनि अधिकांश बैंकहरूको आम्दानी घटेको छ । यस त्रैमासमा जम्मा ५ वटा बैंकले मात्र आफ्नो नाफा बढाउन सकेका छन् भने १५ वटा बैंकहरूले नाफामा गिरावट व्यहोरेका छन् ।

यस त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा ठूलो फड्को मारेको छ । गत वर्षको असोजमा १५ करोड १३ लाख मात्र नाफा गरेको यस बैंकले यसपटक ५८ करोड ९७ लाख रुपैयाँ आर्जन गर्दै उल्लेखनीय सुधार प्रदर्शन गरेको छ ।

ग्लोबल आईएमई बैंकले १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ नाफा कमाउँदै आफूलाई अब्बल साबित गरेको छ । यसैगरी, सानिमा बैंकले ४५ करोड ४९ लाख रुपैयाँ, एनआईसी एशिया बैंकले १२ करोड २१ लाख रुपैयाँ र एभरेष्ट बैंकले १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ नाफा वृद्धि गर्न सफल भएका छन् । यी बैंकहरूले वर्तमान आर्थिक चुनौतीका बाबजुद पनि आफ्नो वित्तीय प्रदर्शनमा सुधार ल्याउनु प्रशंसनीय छ ।

यस त्रैमासमा १५ वटा बैंकहरूको नाफामा गिरावट आएको छ, जसले समग्र बैंकिङ क्षेत्रमा देखिएको दबाबलाई संकेत गर्छ । सिटिजन्स बैंकले त २२ करोड ४ लाख रुपैयाँको ऋणात्मक नाफा व्यहोरेर सबैलाई चकित पारेको छ ।

अन्य प्रमुख बैंकहरूमध्ये कृषि विकास बैंकले ५७ लाख ३८ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ४ करोड ५० लाख ५० हजार रुपैयाँ, प्रभु बैंकले ५५ करोड ८४ लाख ८३ हजार रुपैयाँ र नेपाल एसबीआई बैंकले ५० करो १५ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएका छन्।

त्यस्तै, माछापुच्छ्रे बैंकले ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ, सिद्धार्थ बैंकले ३२ करोड ४० लाख ९१ हजार रुपैयाँ, नबिल बैंकले १ अर्ब ७५ करोड ६९ लाख ९१ हजार रुपैयाँ र लक्ष्मी सनराइज बैंकले ३३ करोड २३ लाख ३१ हजार रुपैयाँ नाफा कमाएका छन्।

एनएमबि बैंक (९१ करोड ५९ लाख ८३ हजार), स्ट्यान्डर्ड चार्टर्ड बैंक (६९ करोड २१ लाख ६९ हजार), हिमालयन बैंक (७० करोड २८ लाख ९४ हजार), नेपाल बैंक (५८ करोड ८२ लाख ८७ हजार), प्राइम कमर्शियल बैंक (१ अर्ब २५ करोड ८४ लाख ३० हजार) र कुमारी बैंक (१ अर्ब ५ करोड ६५ लाख ३१ हजार) ले पनि नाफा आर्जन गरे पनि गत वर्षको तुलनामा यसमा गिरावट आएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री