बैंकिङ्ग

नेपाल एसबिआई बैंककाे १०.५३ प्रतिशत लाभांश पारित

काठमाडाैं । नेपाल एसबिआई बैंककाे लाभांश पारित भएकाे छ । बैंककाे २९औं वार्षिक साधारण सभाले प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित भएकाे हाे । बैंकले गत वर्षकाे नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीमा १०.५३ प्रतिशत लाभांश (३ प्रतिशत बोनश सेयर तथा ७.५३ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । साेमबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएकाे सभाले बैंकको आ.व. २०७८/७९ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०७९ …

पुरा पढ्नुहॊस »

लक्ष्मी र सनराइज बैंकले गरे मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता

काठमाडाैं । लक्ष्मी बैंक र सनराइज बैंकबीच गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ । सोमबार आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा दुबै बैंकका सञ्चालक समितिका सदस्य, प्रमुख सेयरधनी, प्रमुख कार्यकारी अधिकृतका साथै अन्य उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो। यससँगै मर्जर प्रक्रिया अगाडि बढाउनका लागि एक संयुक्त मर्जर समितिको गठन समेत गरिएको …

पुरा पढ्नुहॊस »

मर्ज पछि अध्यक्ष बनेका ग्लोबल आईमएईका चन्द्र ढकालले लिए शपथ

काठमाडाैँ । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्ज भएपछि अध्यक्ष भएका चन्द्र ढकालले शपथ ग्रहण गरेका छन् । मर्ज पछि ग्लोबल आईएमई बैंकका सञ्चालक समिति अध्यक्ष चयन भएका ढकालले गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । बैंकले आजदेखि एकीकृत कारोबार समेत सुरु गरेको छ । दुई बैंकको मर्जर पश्चात् कुल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखारहित बैंकिङ्ग सेवा, ६१ बिस्तारित शाखा कार्यालयहरु, ३ …

पुरा पढ्नुहॊस »

एटीएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंककाे आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएम प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । एटीएम ह्याक गरेर रकम चोरी भएके घटना यसअघि बाहिरिएपछि बैंकले एटीएमको सुरक्षित प्रयोगका लागि चार उपायसमेत सुझाएको छ । एटीएम प्रयोगकर्ताले आफ्नो पिनकोड गोप्य राख्ने, अपरिचित मान्छेबाट टाढै बस्ने, एटीएम प्रयोग गर्दा खाताबाट काट्यो तर पैसा आएन भने सम्बन्धित बैंकमा सम्पर्क गर्ने र आवश्यक परे बैंकका कर्मचारीबाट सम्पर्क गरी सहयोग लिँदा एटीएमको सुरक्षित प्रयोग हुने बैंकले …

पुरा पढ्नुहॊस »

डा. कोइरालासँग मुक्तिनाथको सहकार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १६औँ वर्ष पूरा गरी १७औँ वर्षमा प्रवेशसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै डा. भगवान् कोइरालाको अध्यक्षतामा सञ्चालित गैरनाफामूलक संस्था काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका अध्यक्ष भरतराज ढकाल र डा. कोइरालाले हस्ताक्षर गर्नुभएको हो । सम्झौताबमोजिम झापा दमकस्थित निर्माणाधीन बाल अस्पताल निर्माणका लागि बैंकले पाँच लाख रुपैयाँ सहयोग गर्नेछ । बैंकले गरेको सहयोगबाट बालबालिकाको स्वस्थ्योपचारमा आवश्यक …

पुरा पढ्नुहॊस »

ग्लोलब आइएमई र बैंक अफ काठमाण्डूको आजबाट एकीकृत कारोबार

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाडूले आज (सोमबार) बाट एकीकृत कारोबार गर्ने भएका छन् । दुई बैंकबीच यसअघि भएको साधारणसभाको निर्णय अनुसार गाँभिएपछि एकीकृत कारोबार सुरु गर्न लागिएको हो । यसअघि दुवै बैंकका साधारणसभाबाट ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड मर्जर गर्ने विशेष प्रस्ताव पारित भएको थियो भने नेपाल राष्ट्र बैंकबाट समेत अन्तिम स्वीकृती प्राप्त भइसकेको छ । बैंकको मर्जरपश्चात एकीकृत वित्तीय कारोबार …

पुरा पढ्नुहॊस »

विभागले भन्यो- समस्या समाधान भयो, अब पासपोर्ट लिन आउनू

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको पुस २७ गतेदेखि एकीकृत कारोबार सुरू हुने भएको छ। यी दुई बैंक एक आपसमा गाभिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरू हुन लागेको हो। दुबै बैंकको पुस ७ गते बसेको छुट्टाछुट्टै वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका हुन्। नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई मर्जरमा जान पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको हो। त्यस्तै, मेगा बैंक गाभिने …

पुरा पढ्नुहॊस »

नबिल उद्यमशीलता कार्यक्रमको दोस्रो ब्याच

काठमाडौं । उद्यमी बन्ने नबिल एसएसई पहिलो ब्याचका १८ जनालाई नबिल बैंकले बिदाइ र दोस्रो ब्याचका २० जनालाई स्वागत गरेको छ । नबिलले सामाजिक उद्यमशीलता विकासका लागि अघि बढाएको नबिल एसएसईको पहिलो चरणको फेलोसिप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो । आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत नबिलले अघि बढाएको सामाजिक उद्यमशीलता कार्यक्रममा सहभागीलाई प्रमाणपत्रसहित बिदाइ गरेर पहिलो चरणको कार्यक्रम समापन गरिएको बैंकले जनाएको छ । बैंकले शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रमबीच फेलोसिपमा …

पुरा पढ्नुहॊस »

मर्जरको अवसरमा ग्लोबल र बिओकेको प्रभातफेरी

काठमाडौं । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू(बिओके) ले संयुक्तरूपमा देशव्यापी प्रभातफेरी कार्यक्रम आयोजना गरेका छन् । ग्लोबल आइएमई बैंक र बिओके मर्जरको अवसरमा दुई बैंकले संयुक्तरूपमा काठमाडौं उपत्यकासहित नेपालका मुख्य शहरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेका हुन् । ग्लोबल आइएमई बैंक र बिओकेले यही पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु गर्दैछन् । प्रभातफेरीमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, दुवै बैंकका सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी …

पुरा पढ्नुहॊस »

मेगा बैंकद्वारा कृषि व्यवसाय प्रवर्द्धन गर्न ‘किन्निहो’ सँग सम्झौता

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरूको कृषि व्यवसाय प्रवर्द्धन गर्नका लागि डिजिटल बैङ्किङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले ’किन्निहो’ प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत तुल्सीराम पोखरेल र ‘किन्निहो’ का अध्यक्ष विज्ञान घिमिरेबाट सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । किन्निहोसँगको सम्झौतापछि मेगा बैंकले विदेशबाट फर्केका आप्रवासी कामदार एवम् साना तथा मझौला कृषकहरूलाई व्यवसाय विस्तार गर्न वा …

पुरा पढ्नुहॊस »