काठमाडौं । कृषि विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सिइओ) गोविन्द गुरुङले पदबहाल गर्नुभएको छ । बैंक समितिले गुरुङलाई चारवर्षे कार्यकालका लागि सिइओ नियुक्त गरेसँगै उहाँले सोमबार पदबहाल गर्नुभएको हो । विगतमा सिभिल बैंक र सिटिजन बैंक म्यानमारमा प्रमुख कार्यकारी अधिकृत पदमा समेत कार्यरत रहिसक्नुभएका गुरुङसँग बैंकिङ क्षेत्रको लामो अनुभव रहेको छ । कार्यान्वयनमा रहेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार नवनियुक्त सिइओ गुरुङलाई बैंक सञ्चालक समिति अध्यक्ष सुमन दाहालले …
पुरा पढ्नुहॊस »एनआईसी एसिया क्यापिटलको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त
काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन्। ८ गते सम्पन्न सञ्चालक समितिको १२०औं बैठकको निर्णयअनुसार सोही दिनदेखि लागू हुने गरी राठीलाई अध्यक्ष चयन गरिएको हो। एनआईसी एसिया बैंक लिमिटेडमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत राठीको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव छ। नवनियुक्त सञ्चालक समितिका अध्यक्ष उनले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकिय क्षमताले गर्दा आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय …
पुरा पढ्नुहॊस »कर्जा लिँदा ब्याजदरको बारेमा पूर्ण जानकारी लिन राष्ट्र बैंकको आग्रह
काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिंदा ब्याजदरको बारेमा पूर्ण जानकारी लिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । बैंकले ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्नेतर्फ सचेत गराएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने अवस्थालाई ध्यान दिई व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने …
पुरा पढ्नुहॊस »अब मोबाइल ‘एप’बाटै महालक्ष्मी बैंकमा पैसा जम्मा गर्न सकिने (भिडिओसहित)
काठमाडौँ । महालक्ष्मी विकास बैंकले मोबाइल ‘एप’बाटै खातामा पैसा जम्मा गर्न सकिने सुविधा ल्याएको छ । बैंकले मोबाइल ‘एप’ महालक्ष्मी बैंक एक्सपीमार्फत पैसा जम्मा गर्न सकिने सुविधा ल्याएको हो । एप मोबाइलमा डाउनलोड गरिसकेपछि लगिन गर्नुपर्नेछ । पैसा पठाउन सेन्ट मोनीमा क्लिक गरी उही बैंक छनौट गर्नुपर्नेछ । त्यसपछि बैंकमा दर्ता गरिएको मोबाइल नम्बर राखेर कति पैसा पठाउने भन्ने उल्लेख गर्नुपर्नेछ । अब लेनदेन पूरा गर्न आफ्नो MPIN वा बायोमेक्ट्रिक्स …
पुरा पढ्नुहॊस »नबिल बैंकले महिला उद्यमीको वित्तीय पहुँच विस्तार गर्ने
काठमाडाैँ । महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन) बीच साझेदारी भएको छ। साझेदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा एफविनका तर्फबाट अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर गरेका थिए। यो समझदारी अन्तर्गत नबिल बैंकले आफ्नो बैंकको शाखा कार्यालयहरूमा महिला उद्यमीका उत्पादनको लागि स्टल उपलब्ध गराउने भएको छ । एफविन अन्तर्गतका महिला उद्यमीलाई नबिल बैंकको नबिल सामाजिक उद्यमशीलता (एनएसएसई) कार्यक्रम सम्बन्धी जानकारी …
पुरा पढ्नुहॊस »एउटै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिन नपाउने प्रावधान ल्याउँदै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले राष्ट्र बैंकले लघुवित्तबाट एउटै व्यक्तिले धेरै ऋण लिन नपाउने प्रावधान ल्याउन लागेको बताएका छन् । सोमबार आर्थिक पत्रकार समाज (सेजन)ले काठमाडौंमा आयोजना गरेको ‘संकटमा लघुवित्त, कारण र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बौल्दै कार्यकारी निर्देशक नेपालले लघुवित्तका ३३ लाख बढी ऋणी भएकाले प्रत्येकको फाइल हेर्न नसक्ने भन्दै संस्थाले हेर्नुपर्ने बताए । पछिल्लो समय धेरै लघुवित्तमा सदस्य भएर एउटै व्यक्तिले सबैबाट ऋण लिएर …
पुरा पढ्नुहॊस »सिटिजन्स बैंक र ओपिअम रेस्टुरेन्ट एण्ड बार बीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग स्थित ओपिअम रेस्टुरेन्ट बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले ओपिअम रेस्टुरेन्टमा १५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न …
पुरा पढ्नुहॊस »महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग
काठमाडौँ । महालक्ष्मी विकास बैंकले विद्यालय र टोल सुधार समितिलाई सहयोग गरेको छ। बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत विद्यालय र टोल सुधार समितिलाई सहयोग गरिएको बैंकले जानकारी दिएको छ। बैंकको बसुन्धरा शाखाले तारकेश्वर नगरपालिका वडा नं ९ मा रहेको मनमैजु महिला विद्यालयलाई टेबुल तथा कुर्सी सहयोग गरेको हो। सो विद्यालयमा कक्षा १ देखि कक्षा ६ सम्मका विद्यार्थीलाई अध्यापन गराइरहेको विद्यालयलाई भौतिक व्यवस्थापनमा सजिलो होस् भन्ने उद्देश्यले सो सहयोग गरिएको …
पुरा पढ्नुहॊस »राष्ट्र बैंकले साढे दुई अर्बको बचतपत्र जारी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँचवर्षे अवधिको नागरिक बचतपत्र जारी गर्ने भएको छ । बैंकले चैत ६ गतेदेखि दुई अर्ब ५० करोडको नागरिक बचतपत्र २०८४ ‘क’ जारी गर्ने भएको हो । बचतपत्रको ब्याजदर ११.५० प्रतिशत रहेको छ भने इच्छुक खरिदकर्ताले फागुन १० गतेदेखि ३० गतेसम्म आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ । बचतपत्रको ब्याजदर छ-छ महिनामा भुक्तानी हुनेछ भने ब्याज खरिदका लागि रकम बुझाएकै मितिदेखि निष्काशन मितिभन्दा अघिल्लो दिनसम्मको …
पुरा पढ्नुहॊस »एभरेष्ट बैंकका सबै शाखाबाट बीवाईडी ग्राहकलाई ८० प्रतिशतसम्म फाइनान्स सुविधा
काठमाडाैं । बीवाईडीका विद्युतीय गाडी खरिदकर्ताले एभरेष्ट बैंकका सबै शाखाबाट फाइनान्स सुविधा पाउने भएका छन्। बीवाईडीको नेपालका लागि अधिकृत बिक्रेता साइमेक्स इन्क पालि र एभरेष्ट बैंकबीच यससम्बन्धी सम्झौता भएको हो। योसँगै खरिदकर्ताले बैंकबाट बीवाईडी गाडीमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा पाउनेछन्। यो साझेदारीले सात वर्षसम्मका लागि विशेष प्रतिस्पर्धी ब्याजदरमा सहज फाइनान्स सुविधा पाउने बीवाईडीले जनाएको छ। यसको अर्थ ग्राहकले २० प्रतिशत मात्रै डाउनपेमेन्ट गर्नुपर्नेछ। यसो हुँदा भर्खरै सार्वजनिक भएको अट्टो ३ …
पुरा पढ्नुहॊस »