बैंकिङ्ग

एनएमबी बैंक र फोनपेको सहकार्यमा मनकामना बजार डिजिटल बनाउने अभियान सुरु

काठमाडाैं । विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उदेश्य लिएर एनएमबी बैंक र फोनपे को सहकार्यमा मनकामना बजार पुरै डिजिटल बनाउने अभियान सुरु भएको छ । शुक्रबार क्यूआर मार्फत मन्दिरमा भेटी दान गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा द्वारा सो अभियानको सुरुवात भएको हो। मनकामना मन्दिर परिसरमा पूजा सामग्री, फलफूल, रेस्टुरेन्ट लगायत अरु व्यवासय …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित

काठमाडौं । मुक्तिनाथ विकास बैंक वित्तीय सेवातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ । काठमाडौंमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा) बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस २०२१ अन्तर्गत वित्तीय सेवातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको बैंकले जनाएको छ । दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा)ले बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड विभिन्न विधाहरुमा प्रस्तुत गरेको थियो । दक्षिण एसियन देशहरुबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहर लाई उक्त कार्यका लागि …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको अध्यक्षमा रमेश दुवाडी नियुक्त

काठमाडौँ । कृषि विकास बैंकको संचालक समितिले अध्यक्ष पदमा रमेश दुवाडीलाई नियुक्त गरेको छ । नवनियुक्त अध्यक्ष दुवाडीसँग विभिन्न संघ/संस्थाको संचालक समितिमा सदस्य रही कार्य गरेको अनुभव छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियुक्त बैंक अध्यक्षले राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा गभर्नर महाप्रसाद अधिकारीबाट सपथ ग्रहण गरेका छन् । उक्त अवसरमा राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, बैंक सुपरीवेक्षण विभागका …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकले १४.२१ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७२ प्रतिशत नगद लाभांश गरी कुल १४.२१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी १३औं साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् । हाल कम्पनीको चुक्ता पुँजी ५ …

पुरा पढ्नुहॊस »

सिभिल बैंकले थालनी गर्यो ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान

काठमाडाैं । ‘समृद्धिको लागी सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढेको सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो–क्यासलेस अभियानको थालनी गरेको छ । जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा बिशेष अतिथिको रूपमा नेपाल राष्ट्र बैंक, जनकपुरका निर्देशक निरा ताल्चा भडँेल थिए भने अन्य अतिथीहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, धनुषाका तर्फबाट सहायक प्रहरी निरीक्षक प्रकाश पाण्डेय, फोन–पेका मधेश प्रदेश प्रमुख पशुपति मिश्रा, सिभिल …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकले गर्‍यो लाभांश घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १०.४७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। बैंकले हाल कायम चु्क्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ६.४७ प्रतिशत नगद लाभांश गरी कूल १०.४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। पुस १ गते बसेको बैंकको सञ्‍चालक समितिको बैठकले सेयरधनीहरुलाई १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकले प्रस्ताव …

पुरा पढ्नुहॊस »

सेञ्चुरी कमर्सियलका ग्राहकले काठमाडौं क्यान्सर सेन्टरमा विशेष छुट पाउने

काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका ग्राहकले काठमाडौं क्यान्सर सेन्टमा उपचारमा विशेष छुट पाउने भएका छन् । बैंक र क्यान्सर सेन्टर चाँगुनारायणबीच भएको सम्झौताअनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहकले क्यान्सर सेन्टरमा विभिन्न सेवाहरुमा थ्री सीआरटी सेवा आईएमआरटी सेवा, भीएमएटी सेवालगायत अन्य सेवाहरुमा छुट पाउने छन् । यस्तो सुविधा कर्मचारीले समेत पाउने बैँकले जनाएको छ । सम्झौतापत्रमा काठमाण्डौं क्यान्सर सेन्टर, चाँगुनारायणका तर्फबाट अध्यक्ष अन्जनीकुमार झा र …

पुरा पढ्नुहॊस »

वाणिज्य बैंकले चैतदेखि स्प्रेडदर चार दशमलव दुई प्रतिशत कायम गर्नुपर्ने

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी चैतसम्ममा बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदर अन्तर (स्प्रेडदर) घटाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै चैतदेखि वाणिज्य बैंकले चार दशमलव दुई प्रतिशत र विकास बैंक तथा वित्त कम्पनीले चार दशमलव आठ प्रतिशतभन्दा बढी स्प्रेडदर नहुने व्यवस्था गर्न निर्देशन दिएको हो । त्यस्तै, स्प्रेडदर २०८० असार महिनादेखि वाणिज्य बैंकका लागि चार प्रतिशत …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्यले पायो तेस्रो ‘बेस्ट मेनेज्ड कमर्सियल बैंक’ अवार्ड

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौंमा सम्पन्न भएको एसियन पेन्ट्स ‘न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड्स कार्यक्रममा ‘थर्ड बेस्ट मेनेज्ड कमर्सियल ब्यान्क अफ दि इयर २०२२’ अवार्ड प्राप्त गरेको छ। सो अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ग्रहण गरेका थिए। अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयन शमशेर राणालाई व्यावसायिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै लाइफ टाइम एचिभमेन्ट इन बिजनेस लिडरशिप …

पुरा पढ्नुहॊस »

सनराइज बैंकका ग्राहकलाई विश्वज्योति सिनेप्लेक्समा दुई टिकट किन्दा एउटा निःशुल्क

काठमाडाैं । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आाफ्ना ग्राहकहरुको लागि सनराइज बैंकले विश्वज्योति सिनेप्लेक्ससँग सहकार्य गरेको छ। यसअनुसार सनराइज बैंकको ग्राहकहरुलाई हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क दिने योजना ल्याएको हो। पुस १ देखि तीन महिनासम्म सञ्चालन गरिने यो योजनाअन्तर्गत सनराइज बैंकका ग्राहकले विश्वज्योति सिनेप्लेक्समा योजना अवधिभर कुनै पनि चलचित्रको दुईवटा टिकट खरिदमा एउटा टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन्। योजनामा समावेश हुन ग्राहकहरुले टिकट खरिद बापतको …

पुरा पढ्नुहॊस »