एनएमबि बैंकले घोषणा गर्‍यो लैङ्गिक समता र सामाजिक समावेशीकरण योजना (भिडियोसहित)

काठमाडौं । एनएमबी बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवर्द्धन, गर्दै लैङ्गिक समता तथा सामाजिक समावेशीकरण (जेसी) योजना सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको उक्त योजनाले समाजमा विविधता प्रवर्द्धन, सीमान्तकृत समुदायलाई सशक्तीकरण र समुदायमा लैङ्गिक समानतालाई प्रोत्साहन गरेको छ ।

जेसीले समग्र बैंकिङ्ग प्रणाली लगायत आफ्ना कर्मचारी, ग्राहक वर्ग र समुदायका विभिन्न आवश्यकताहरू पूरा गर्दै पहुँच योग्य, समावेशी र उत्तरदायी बैंकिङ्ग वातावरण सिर्जना गर्न मद्दत पुर्‍याउने विषयमा बैंक विश्वस्त रहेको छ ।

बैंकले लैङ्गिक समता र सामाजिक समावेशीकरण (जिइसीआइ अर्थात् जेसी) योजना कार्यान्वयन गर्दै, महाराजगन्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र वीरगन्ज स्थित शाखाहरूमा फरक क्षमता भएको ग्राहकहरूलाई व्हिलचेर र्‍याम्प स्थापना गरेको छ ।

साथै, महिला नेतृत्व विकास गर्न देश भरी महिला नेतृत्व कार्यक्रम समेत सुरुवात गरिसकेको छ । महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न बैंकले विशेष सुविधा सहितको आकर्षक कर्जा पनि उपलब्ध गराएको छ ।

एनएमबी बैंकले सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको घोषणा गरिसकेको छ । बैंकले सुन्दर सुदूरपश्चिम बचत खाता, कर्णाली विशेष बचत खाता, लुम्बिनी बचत खाता, मेरो गण्डकी बचत खाता, अपनएनएमबी बचत खाता, पाथिभरा बचत खाता लगायतका प्रदेश केन्द्रित बचत खाताहरू चल्तीमा ल्याइसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबिका दुई म्युचअल फन्डको लाभांश घोषणा

काठमाडौँ । एनएमबि बैंकले प्रवर्द्धन गरेका दुई वटा म्युचुअल फन्डको लाभांश घोषणा भएको छ । …

प्रतिकृया दिनुहॊस