बैंकिङ्ग

२५ लाख रुपैयाँको ‘नेपाल प्रहरी लक्ष्मी बैंक छात्रवृत्ति कोष’ को स्थापना

काठमाडाैं । लक्ष्मी बैंकको छोरी शिक्षित, देश शिक्षित अभियान अन्तर्गत बैंक र नेपाल प्रहरी कल्याण कोष बिच रू. २५ लाखको ‘नेपाल प्रहरी लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने सम्झौता भएको छ। साथै, बैंकले आगामी पाँच वर्षसम्म रू ७ लाख ५० हजार बराबरको आर्थिक सहयोग गर्ने प्रतिबद्वता जनाएको छ। सम्झौतामा प्रहरी महानिरीक्षक बसन्त कुँवर र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहको उपस्थितिमा बैंककोतर्फबाट रिटेल फाइनान्स सर्भिसेसका प्रमुख दिपेश …

पुरा पढ्नुहॊस »

नबिल बैंकले ल्यायो पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड

काठमाडाैं । नबिल बैंक लिमिटेडले ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई केन्द्रित गरेर नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको हो । यस क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्कहरू नलाग्ने नबिल बैंकले जनाएको छ। यस कार्डमार्फत ग्राहकले किनमेल गर्न, बिल तिर्न र नगद झिक्ने सबै सुविधाहरू प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ। …

पुरा पढ्नुहॊस »

एसबी सोलुसन्सद्वारा नबिल बैंकमा क्याड मोड्युल सफलतापूर्वक लाइभ

काठमाडाैं । नेपालको एक अग्रणी सफ्टवेयर कम्पनी एसबी सोलुसन्स् प्रालिले नबिल बैंक लिमिटेडमा क्रेडिट एडमिनिस्ट्रेशन मोड्युल (क्याड मोड्युल) सफलतापूर्वक कार्यान्वयन गरेको छ । एसबी सोलुसन्सले बनाएको ऋण व्यवस्थापन प्रणाली, क्रेडिट एक्सको एउटा महत्त्वपूर्ण मोड्युल हो- क्याड मोड्युल । नबिल बैङ्कमा यो सफ्टवेयर प्रणाली कार्यान्वयन भएसँगै करिब एक वर्षभन्दा बढी समयदेखि यसको नियमित रूपमा उपयोग भइरहेको छ र यसले बैङ्कको स्वीकृति पत्रसँगै कर्ण तमसुक, प्रतिज्ञा पत्र, जमानतको लिखत आदि लगायत सम्पूर्ण …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई आर्थिक सहयोग

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौँको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पताललाई सहयोग गरेको छ । बैंकले आँखा शल्यक्रियाको लागि रु. पाँच लाख बाह्र हजार पाँच सय रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । सो रकम बैंकका तर्फबाट त्रिपुरेश्वर सर्कल अफिस प्रमुख अजय सिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरे । बैंकबाट प्राप्त उक्त सहयोग रकम नेपाल आँखा अस्पतालले काभे्रपलाञ्चोक, धादिङ्ग, नुवाकोट र रसुवा जस्ता दुर्गम …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकद्वारा नशारहीत समाजको भवन निर्माण गर्न पाँच लाख सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरको हाडिगाउँस्थित नशारहीत समाज नेपाल (उपचार केन्द्र) लाई बहुउद्देश्यीय हल निर्माणका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। देशका युवाहरु रक्सी तथा विभिन्न लागू पदार्थको कुलतमा फसेको पाइन्छ। यति मात्र नभइ यस कुलतले उनीहरुलाई समाजमा विभिन्न अपराधहरुमा पनि फसाइरहेको पाइन्छ। यस्तै, समस्यालाई समाजबाट हटाउन उक्त संस्थाले स्थापनाकाल देखि नै रक्सी तथा लागू पदार्थ सेवन गर्दै आएका विभिन्न उमेर …

पुरा पढ्नुहॊस »

सनराइज बैंकका ग्राहकलाई भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा १० प्रतिशतसम्म छुट

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकलाई भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा छुट पाइने सम्झौता गरेको छ। सम्झौताअनुसार अब सनराइज बैंकका सम्पूर्ण ग्राहक वर्गले आफ्नो तथा आफ्ना परिवारका सदस्यहरुको उपचारको क्रममा अपोलो हस्पिटल, भारतबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। सोसम्बन्धी सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक रविन कुमार नेपाल र हस्पिटलका तर्फबाट अन्तर्राष्ट्रिय मार्केटिङका महाप्रबन्धक अजय भारद्वाजले आइतबार हस्ताक्षर गरे। इन्द्रप्रस्थ अपोलो हस्पिटल भारत …

पुरा पढ्नुहॊस »

शंखरापुरमा ज्योति विकास बैंकको निःशुल्क महिला स्वास्थ्यशिविर

काठमाडौं । ज्योति विकास बैंकले शंखरापुर नगरपालिका वडा नं.०३, जहरसिंपौवा, काठमाडौंमा निःशुल्क पाठेघर क्यान्सर परीक्षण तथा स्तन क्यान्सर सचेतना शिविर सम्पन्न गरेको छ। उक्त शिविरमार्फत ६५ जना भन्दा बढी महिलाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको बैंकले जनाएको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोषमार्फत शिविर आयोजना गरेको हो। पाठेघरको क्यान्सर जाँच, स्तन क्यान्सर बारे सचेतना, प्रारम्भिक पहिचान र रोकथाम गर्ने उद्देश्यका साथ बैंकले एक दिने स्वास्थ्य शिविर …

पुरा पढ्नुहॊस »

सुजुकीका गाडी किन्न कुमारी बैंकले ७० प्रतिशतसम्म कर्जा दिने

काठमाडाैं । कुमारी बैंक लिमिटेड र सी जी मोटर कर्पका बीच ग्राहकहरूलाई सुजुकी ब्रान्डका सवारीसाधन खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ। सवारीसाधनको लोकप्रियता नेपालमा बढिरहेको र सोहीअनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न कुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा सुजुकी ब्रान्डका सवारीसाधनहरु खरिदका लागि कर्जा उपलब्ध गराउने भएको छ। यस सहकार्यपछि कुमारी बैंकका ग्राहकहरूले अब नेपालको कुनै पनि सुजुकीका डिलरहरुबाट सवारी साधन खरिद गर्दा कुमारी बैंक लिमिटेडबाट …

पुरा पढ्नुहॊस »

नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच समझदारी

काठमाडौँ । नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालय बिच वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानवसंशाधनको वृद्धिविकासका लागि समझदारी भएको छ । एक कार्यक्रमका बिच दुई निकायका अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र पूर्वाञ्चल विश्वविद्यालयका रजिस्टार नीलमणि पोखरेलले हस्ताक्षर गरेका हुन् । यस समझदारी अन्तर्गत बैंकले विश्वविद्यालय परिसरमा शाखा स्थापना गरी शिक्षक तथा कर्मचारीहरूलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने छ …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको खुद नाफा चार अर्ब बढी, यस्तो छ वित्तीय नतिजा

काठमाडाैँ । एनआईसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७९/८० को तेस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । बैंकले आ.व. २०७९/८० को तेस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७७.७ अर्ब पुर्याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३१६.५५ अर्ब पुर्याउन बैंक सफल भएको छ । बैंकले …

पुरा पढ्नुहॊस »