एनएमबि बैंकद्वारा ‘एनएमबि नेक्सजेन बैंकिङ लिडर स्कोलरसिप’को घोषणा

काठमाडौं । एनएमबि बैंकले भविष्यका बैंकिङ क्षेत्रका लिडरहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एनएमबि नेक्सजेन बैंकिङ लिडर स्कोलरसिप’ को घोषणा गरेको छ । बैंकले काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत प्रत्येक प्रदेशका एक–एक गरी जम्मा सात विद्यार्थीलाई यो छात्रवृत्ति प्रदान गरेको बैंकले जनाएको छ ।

विद्यार्थीहरूमा अग्रिम रूपमा नेतृत्व शैली विकास गर्दा बैंकिङ क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास बैंकले लिएको छ । यस छात्रवृत्तिको मूल उद्देश्य प्रतिभावान विद्यार्थीहरूमा लगानी गरी बैंकिङ क्षेत्रको भविष्य सुनिश्चित गर्नु रहेको पनि बैंकले जनाएको छ ।

विद्यार्थीहरूलाई बैंकिङ क्षेत्रमा आवश्यक पर्ने सीप तथा ज्ञान प्रदान गर्दै भाबी दक्ष बैंकरहरू उत्पादन गरी बैंकिङ क्षेत्रको विकासमा टेवा पुर्‍याउने लक्ष्य एनएमबि बैंकले लिएको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखा कार्यालय, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंक र दराजबीच छुट सम्झौता

काठमाडाैं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन ई कमर्स प्लेटफर्म दराज केयुम …

प्रतिकृया दिनुहॊस