रश्मी

नबिल बैंकद्वारा दराजको ११.११ मा क्यासब्याक अफर

काठमाडाैँ । नबिल बैंकले दराज (अनलाइन बजार) को ११.११ मेगासेल अवसरमा ग्राहकहरूका लागि क्यासब्याक अफर ल्याएको छ । दराजसँगको साझेदारीमा कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म ग्राहकहरूले डेबिट कार्डमार्फत १५ प्रतिशत छुट वा अधिकतम तीन हजार रुपैयाँ क्यासब्याक र क्रेडिट कार्डमार्फत समान छुट वा अधिकतम तीन हजार ५ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने नबिल बैंकले जानकारी दिएको हो । दराज ११.११ मेगासेल हुन केही दिनमात्र रहेकोले नबिल बैंकको नजिकको …

पुरा पढ्नुहॊस »

देशभर चिसो बढ्यो, काठमाडौँमा आजकाे न्यूनतम तापक्रम ९ डिग्री मापन

काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ। आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ। दिनभर घाम लागे पनि बिहानबेलुका जाडो बढेको महसुस भएको छ। वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ। महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ। हाल देशको पहाडी भू–भागमा आंशिक बदली …

पुरा पढ्नुहॊस »

मेगा बैंकद्वारा १२.०७ प्रतिशत लाभांश घोषणा

काठमाडाैँ ।मेगा  बैंकले शेयरधनीलाई १२.०७ लाभांश दिने घोषणा गरेको छ। बैंकको मंगलबार  बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो। उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भएपछि शेयरधनीले पाउनेछन्।

पुरा पढ्नुहॊस »

प्रभु बैंकद्वारा लाभांश घोषणा

काठमाडाैँ ।प्रभु बैंकले शेयरधनीलाई १२.६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकको मंगलबार  बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो। बैठकले  १२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भएपछि शेयरधनीले पाउनेछन्।

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डूका ग्राहकलाई दराजको ११.११ योजनामा ३५ सयसम्म छुट

काठमाडौं । बैंक अफ काठमाण्डूको ग्राहकहरुले दराजको ११.११ योजनामा छुट पाउने भएका छन् । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले दराजको ११.११ योजनामा ३५०० सम्मको छुट पाउनेभएका हुन् । यस योजना अन्तर्गत दराजको ११.११ योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशत वा अधिकतम् ३५ सय सम्मको छुटको पाउन सक्नेछन् ।

पुरा पढ्नुहॊस »

मुक्तिनाथ क्यापिटलले १००% हकप्रद जारी गर्ने

मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभाबाट सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ। क्यापिटलको कार्यालयमा आयोजित विशेष साधारणसभाले १ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको हो। हकप्रद निष्कासन गरेपश्चात क्यापिटलको पुँजी वृद्धि भई रु.४० करोड ५० लाख पुग्नेछ।

पुरा पढ्नुहॊस »

थप ५३३  जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।   मंगलबार  थप ५३३  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  मंगलबार  ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थप  १ जनाको मृत्यु भएको छ भने  ४८४   संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन् । आज १६ हजार ७३६  जनाको नमुना परीक्षण गरिएको थियो ।  

पुरा पढ्नुहॊस »

फेरिए प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख

काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिमको प्रदेश प्रमुख परिवर्तन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । बैठकले निर्णय गरेअनुसार प्रदेश १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको छ ।

पुरा पढ्नुहॊस »

मोरङ कारागारमा कैदीबन्दीबीच झडप, १४ जना घाइते

मोरङ जिल्ला कारागारमा कैदीबन्दीबीच झडप भएको छ । कारागारका चौकीदार किरण गुरुङले यातना दिएको भन्दै कैदीबन्द हरुबीच एक- आपसमा झडप हुँदा १४ जना घाइते भएका छन् । घाउ चोट लागेका चौकिदार गुरुङ सहित ६ जनाको कोशी अस्पतालमा उपचार भईरहेको छ । कारागारभित्र झडप भएपछि स्थिति नियन्त्रणमा लिन धेरै संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको   थियो ।

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक ७९ दशमलव ७९ अंकले घटयो

काठमाडौं  । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकको घटेको छ। नेप्से मंगलबार ७९ दशमलव ७९ ले घटेर २७ सय ४९ दशमलव ८५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १६.०२ अंकको गिरावटका साथ ५१२.८२ को विन्दुमा झरेको छ। नेप्सेका अनुसार आज एक करोड १९ लाख कित्ता माथि सेयर बजारमा एक लाख भन्दा बढी पटक किनबेच हुँदा कुल ६ अर्ब ५२ करोड ७७ लाख …

पुरा पढ्नुहॊस »