थप ५३३  जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।   मंगलबार  थप ५३३  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  मंगलबार  ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थप  १ जनाको मृत्यु भएको छ भने  ४८४   संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन् ।

आज १६ हजार ७३६  जनाको नमुना परीक्षण गरिएको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री