काठमाडाैँ ।प्रभु बैंकले शेयरधनीलाई १२.६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो।
बैठकले १२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भएपछि शेयरधनीले पाउनेछन्।
प्रतिकृया दिनुहॊस