काठमाडौं । सनराइज बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।
बैंकले चालु आर्थिक वर्षमा सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यस्तो लाभांशमा ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश छ ।
सोमबार बसेको बैंक सञ्चालक समितिका बैठकले यस्तो निर्णय गरेको हो ।
उक्त प्रस्ताति लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै शेयरधनीले पाउनेछन्।
प्रतिकृया दिनुहॊस