नेप्से परिसूचक ७९ दशमलव ७९ अंकले घटयो

काठमाडौं  । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकको घटेको छ।

नेप्से मंगलबार ७९ दशमलव ७९ ले घटेर २७ सय ४९ दशमलव ८५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १६.०२ अंकको गिरावटका साथ ५१२.८२ को विन्दुमा झरेको छ।

नेप्सेका अनुसार आज एक करोड १९ लाख कित्ता माथि सेयर बजारमा एक लाख भन्दा बढी पटक किनबेच हुँदा कुल ६ अर्ब ५२ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री