प्रदिप नेपाल

सांसद गजेन्द्रबहादुर महतले सभामुखलाई ताला चाबी बुझाए

संसद् बैठकमा सामान्यतः सांसदले जनताका पीर मर्का र विकासका एजेन्डा लिएर सहभागी हुन्छन्। शनिबार भने एक सांसद ताला र चाबी लिएर पुगे । उनी हुन्– नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महत । जुम्ला–१ का सांसद महतले सभामुखलाई उक्त ताला र चाबी बुझाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेप्रति साङ्केतिक विरोध गर्दै उनले उक्त ताला र चाबी सभामुखलाई बुझाएका हुन्। त्यसक्रममा उनले भने, ‘हिजो प्रतिपक्षको हर्कत हेर्दा बोल्न पाइने होइन …

पुरा पढ्नुहॊस »

दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन् गर्न दुई वर्ष समय थप

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्न दुई वर्ष समय थपिएको छ। जिल्लाको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि समय थपिएको हो । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ मा सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा गणेशनाथ त्रिपाठीले बताए । उनले कोभिड महामाहारीका कारण …

पुरा पढ्नुहॊस »

महिनावारी महिलाको मातृत्व क्षमताको पहिचान हो : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महिनावारी महिलाको मातृत्व क्षमताको पहिचान भएको बताएकी छन्। अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा एक्पोज नेपालले आज आयोजना गरेको जनचेतनामूलक साइकल यात्रा समापन गर्दै उनले विगतमा जनचेतना नहुँदा महिलाले विभेद भोग्नुपरेको उल्लेख गरिन् । मन्त्री भुसालले महिलाको स्वास्थ्यमा सबै तहका सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन्। मन्त्री भुसालले महिनावारीका समयमा महिलालाई सफा र स्वच्छ राख्नुपर्ने भएकाले त्यसका लागि सफा, स्वच्छ, पुनः प्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्नुपर्नेमा …

पुरा पढ्नुहॊस »

सभामुख सापकोटाद्वारा अर्थमन्त्री शर्मासँग बजेटबारे जानकारी

सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटका सम्बन्धमा जानकारी लिएका छन् । शनिबार विहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्माले सभामुख सापकोटा समक्ष आगामी वर्षको बजेट एवं प्राथमिकताका सम्बन्धमा जानकारी गराएका हुन्। सो अवसरमा सभामुख सापकोटाले संघीय संसदको बजेटसँग जोडिएका विषयमा स्मरण गराए। उक्त अवसरमा संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, अर्थसचिव मधुकुमार मरासिनी लगायतको उपस्थिति रहेको थियो ।

पुरा पढ्नुहॊस »

राप्ती हाइड्रोको आइपिओ आउँदै

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले जेठ २४ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु ६ करोड १२ लाख ७९ हजार ३०० मूल्य बराबरको ६ लाख १२ हजार ७९३ कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बिक्री खुला गर्ने भएको हो। आयोजनाबाट असर पर्ने रुकुमपूर्वी जिल्ला र रुकुमपश्चिम जिल्लाका बासिन्दाले आगामी असार ७ गतेसम्म र सो …

पुरा पढ्नुहॊस »

शनिबार आर्थिक सर्वेक्षण पेश हुने, आइतबार बजेट

प्रतिनिधिसभामा शनिबार आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेश हुने भएको छ। बैठकमा आजका लागि नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेपनि प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका कारण पेश हुन पाएन। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था छ। अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम छ। जेठ १५ गते सङ्घीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट पेश गर्नेछन्। गणतन्त्र दिवसको …

पुरा पढ्नुहॊस »

मङ्कीपक्स रोगप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

विश्वका धेरै मुलुकमा देखा परेको मङ्कीपक्स रोग नेपाल पनि जोखिममा रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्किपक्सका सङ्क्रमित फेला नपरेको बताए। उनले नेपालमा सङ्क्रमण नदेखिए पनि सचेत हुनुपर्ने बताउनुभयो । यो रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो। सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनीका र्याल, घाउ, खटिरा, शरिरबाट निस्कने तरल पदार्थ र दूषित सतह र सामग्रीबाट सर्ने गर्दछ। …

पुरा पढ्नुहॊस »

सुदूरपश्चिम प्रदेशसभाको बैठक जेठ १६ गते आह्वान गर्न सिफारिस

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन जेठ १६ गतेका लागि आह्वान गर्न मन्त्रिपरिषदको बैठकले सिफारिस गरिएको छ। शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले १६ गते बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष आह्वानको सिफारिस गरेको हो। सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले प्रदेशसभाको दशौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको बताए । मन्त्री रावलका अनुसार जेठ १६ गते दिउँसो ३ बजेका लागि अधिवेशनको बैठक बस्ने गरि …

पुरा पढ्नुहॊस »

भरतपुर महानगरकी मेयर रेनु दाहाल सवारी दुर्घटनामा परि घाइते

भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल सवारी दुर्घटनामा परि घाइते भएकी छन्। उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो। रेनुलाई सामान्य चोट लागेको छ। उनी सवार गाडीको टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको प्रहरीले बताएको छ। टाउकोमा चोट लागेकी रेनुलाई उपचारका लागि पुल्चोकस्थित सुमेरू अस्पतालमा भर्ना गरिएको थियो।

पुरा पढ्नुहॊस »

सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन संसदमा प्रस्ताव

जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रमोद साहले सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले सर्लाहीको मूर्तियासहितका स्थानमा साढे हजार हेक्टर जमिन रहेको भन्दै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरे। निजगढमा विमानस्थल बनाउँदा वन मासिने भन्दै आफूले पहिले नै विरोध जनाएको र अहिले सर्वाेच्च अदालतले पनि पर्यावरणलाई ध्यानमा राखेर निजगढमा विमानस्थल बनाउन रोकेको उनको भनाइ छ। निजगढबाट १५ मिनेटमै सर्लाही …

पुरा पढ्नुहॊस »