प्रधानमन्त्री देउवा र अमेरिकी उपविदेशमन्त्रीबीच शिष्टाचार भेट

प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन्। तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेकी उनी तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार काठमाडाैं आइपुगेकी हुन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेविरुद्ध थप अनुसन्धानको तयारी, अदालत उपस्थित गराइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ । सहकारी ठगी, सम्पत्ति हिनामिना, र सङ्गठित अपराधका आरोपमा अनुसन्धानका लागि थप म्याद माग गर्दै प्रहरीद्वारा उनलाई अदालत लगिएको हो । रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो ।

प्रतिकृया दिनुहॊस