सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजय भएको छ।
अध्यक्षमा दिनेशकुमार यादव र उपाध्यक्षमा पुष्पाकुमारी श्रेष्ठ निर्वाचित भएका हुन् ।
यादवले ४ हजार २६९ मत प्राप्त गरि निर्वाचित हुँदा जनता समाजवादी पार्टी (जसपा) का हरेराम यादवले ३ हजार ८३५ मत प्राप्त गरे। हरेराम निवर्तमान अध्यक्षसमेत हुन्।
उपाध्यक्षमा निर्वाचित लोसपाकी श्रेष्ठले ३ हजार ७१० मत प्राप्त गर्दा जनता समाजवादी पार्टी (जसपा) की बेचनीदेवी सरदारले ३ हजार ६५४ मत प्राप्त गरिन् । सरदार निवर्तमान उपाध्यक्षसमेत हुन् ।
प्रतिकृया दिनुहॊस