प्रदिप नेपाल

यौन हिंसाकाे उजुरी दिने हदम्याद बढाउन विधेयक दर्ता

सरकारले यौन हिंसाविरुद्ध उजुरी दिने हदम्याद बढाउन कानुन बनाउने तयारी थालेको छ। यौन हिंसामा परेकाले एक वर्षभित्र उजुरी दिनुपर्ने विद्यमान कानुनले पीडितले न्याय पाउन नसकेको आवाज उठिरहेका बेला सरकारले हदम्याद बढाउने गरि कानुन बनाउन लागेको हो। यसका लागि आइतबार संघीय संसद सचिवालयमा विधेयक दर्ता गरिएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले यौन हिंसाको मुद्दामा हदम्याद बढाउनेसम्बन्धी विधेयक सचिवालयमा दर्ता गरेका हुन्। यौन हिंसाका पीडितले उजुरी दिने हदम्याद …

पुरा पढ्नुहॊस »

सम्पर्कविहीन विमान खोजी तीव्र पार्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले तारा एयरको सम्पर्कविहीन विमान खोजी तीब्र पार्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएपछि गृहमन्त्री खाणले उक्त निर्देशन दिएका हुन् । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआइजीपी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई टेलिफोन गरि विमान खोजीका लागि सबै स्रोतसाधन परिचालन गर्न मन्त्री खाणले निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ। बेपत्ता जहाजमा …

पुरा पढ्नुहॊस »

सोमबार चितवनमा स्टार्टअप एण्ड आईडिया फेस्ट, निःशुल्क सहभागी हुन सकिने

बागमती प्रदेशको चितवनमा स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना हुने भएको छ। लिभिङ विथ आइसिटीको आयोजनामा जेठ १६ गते सोमबार चितवनमा स्टार्टअप फेस्ट आयोजना हुने भएको हो। फेस्टमा बागमती प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न स्टार्टअप तथा विद्यार्थीका लागि आईडिया सहभागी हुन सक्ने छन्। फेस्टसँगसँगै ‍एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसन र आईडिया पिचिङ समेत आयोजना हुनेछन्। एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसनमा स्टार्टअप क्षेत्रमा काम गरी स्थापित भएका अग्रणी …

पुरा पढ्नुहॊस »

१५ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस आज मनाईंदै

१५ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस आज नेपालसहित विश्वभर सगरमाथाको बारेमा विभिन्न कार्यक्रम आयोजना गरि मनाइँदैछ। सगरमाथा विश्वको सर्वोच्च शिखर, नेपालको गौरव भन्ने नारासहित यस वर्ष सगरमाथा दिवस मनाउन लागिएको हो । सन् १८३० को दशकमा बेलायती भूगोलविद् जर्ज एभरेष्टको नेतृत्वमा हिमशिखरको विस्तृत सर्वेक्षण गर्ने शुरुवात भएसँगै सन् १८४७ मा विश्वकै सर्वोच्च हिमालको रुपमा सगरमाथाको पहिचान जोडिएको थियो । सन् १९५३ मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले …

पुरा पढ्नुहॊस »

सरकारको नीति तथा कार्यक्रम पारित

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । राष्ट्रपति विद्या भण्डारीले गत जेठ १० गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सो नीति तथा कार्यक्रम प्रतिनिधिसभाको शनिबारको दोस्रो बैठकमा बहुमतले पारित भएको हो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेलगत्तै सांसदहरुको बहुमतले पारित गरेका हुन् । यसअघि सांसदहरु भीमबहादुर रावल, शेरबहादुर तामाङ, दुर्गा पौडेल र प्रेम …

पुरा पढ्नुहॊस »

वीरगञ्ज नगरवासीको विद्युत् महसुल पालिकाले व्यहोर्ने

मधेश प्रदेशको एकमात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाको प्रतिघर मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल रकम पालिकाले व्यहोर्न भएको छ। महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहकाे पहिलो निर्णय अनुसार मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने भएको हो । विद्युत् महसुलसम्बन्धी निर्णयलाई महानगरपालिकाको पहिलो बोर्ड बैठकबाट पारित गरि कार्यान्वयनमा ल्याउने नगरप्रमुख सिंहले बताए। यसैबीच सडक विभाग मातहतमा रहेको वीरगञ्जको घण्टाघरबाट …

पुरा पढ्नुहॊस »

नेपालमा पछिल्लाे २४ घण्टामा ८ जनामा कोरोना सङ्क्रमण

नेपालमा पछिल्लाे २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण ८ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार पछिल्लो २४ घण्टामा १ हजार ९६९ मा कोरोना परीक्षण गर्दा ८ जनामा मात्र सङ्क्रमण देखिएको छ। मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ११४ रहेको छ। विगत २४ घण्टामा १५ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन्। आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित हुने ३० जिल्ला पुगेका छन् । …

पुरा पढ्नुहॊस »

स्थानीय तह निर्वाचनमा ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित

स्थानीय तहको निर्वाचनमा ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा ६ जना निर्वाचित भएका छन्। काठमाडौँ महानगरपालिकासहित धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भए । काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र …

पुरा पढ्नुहॊस »

सरकारका नीति तथा कार्यक्रममाथि संसदमा छलफल, कसले के भने ?

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशका विभिन्न जिल्लामा आमाबुबा दुवैले नागरिकता पाए पनि तिनका सन्तानले हालसम्म नागरिकता पाउन नसकेको भन्दै तत्काल उनीहरुको माग सम्बोधन गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै अध्यक्ष यादवले नागरिकताको विषय सबैभन्दा गम्भीर रहेकाले अब कुनै पनि बाहानामा उनीहरुको समस्याको नजरअन्दाज गर्न नहुने उल्लेख गरे। सङ्घीय निजामती विधेयक तत्काल सङ्घीय संसदमा पारित गरेर …

पुरा पढ्नुहॊस »

स्थानीय तह निर्वाचनमा राप्रपा एक्लै लडेको हो : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्थानीय तह निर्वाचनमा पार्टी एक्लै लडेको बताए। मोरङको विराटनगरस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले राप्रपाले केही स्थानीय तहमा मात्र रणनीतिकरुपमा गठबन्धनलाई प्रयोग गरेको स्पष्ट पारे। अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस र नेकपा (एमाले)ले राप्रपालाई हेप्ने गरेको उल्लेख गर्दै राप्रपा पनि आवश्यक छ भन्नका लागि कतिपय स्थानीय तहमा प्रयोगका रुपमा ती दलसँग तालमेल भएको धारणा राखे। राष्ट्रको आफ्नो परराष्ट्र नीति असंलग्नको सिद्धान्तका आधारमा हुनुपर्नेमा …

पुरा पढ्नुहॊस »