प्रदिप नेपाल

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा हुने कर्जा प्रवाह १३.४ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा हुने कर्जा प्रवाह १३.४ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २३.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा ०७९ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १६.६ प्रतिशतले बढेको छ। पछिल्लो दश महिनामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १३ प्रतिशतले, विकास बैंकहरुको कर्जा …

पुरा पढ्नुहॊस »

हराएका मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० थान मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ। कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ट्राफिक कार्यालयमा बिहीबार आयोजित एक समारोहका बीच मोटरसाइकल हस्तान्तरण गरे। उनले हराएका मोटरसाइकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयं सवारीधनी पनि विशेष चनाखो र सजग हुनुपर्ने आवश्यकता औँल्याए। उनले सवारी चालक थप जिम्मेवार बनी सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक …

पुरा पढ्नुहॊस »

आयल निगमले पुनः बढायाे पेट्रोलियम पदार्थको मूल्य, के मा कति बढ्याे ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बिहीबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको हो। निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १७८ र डिजेल र मट्टितेलको १६५ रुपैयाँ पर्नेछ। खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ। भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। यसअघि जेठ १९ गते …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री र काठमाडौंका मेयर बालेन्द्र शाहबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले महानगरपालिकाका प्रमुख शाहसँग छलफल गरेका हुन्। दुई जनाबीचको भेट काठमाडौंको फोहाेर व्यवस्थापनका विषयमा केन्द्रीत भएको थियो। प्रधानमन्त्री देउवाले मेयर शाहलाई फोहाेर व्यवस्थापनमा जुट्न आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको बताए। स्थानीयसँग सहमति गरेर अघि बढ्न र सरकारले गर्नु पर्ने कुरामा पछि नहट्ने बताउँदै देउवाले विभागिय मन्त्रीलाई निर्देशन दिने बताए ।

पुरा पढ्नुहॊस »

सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’, डिजिटल बैंकिङ्ग थप सहज हुने

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ । ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो । ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एस.एम.एस.द्वारा पाएको कोडबाट आफ्नो डेबिट/क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् । उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको ए.टि.एम मा गएर पिन परिवर्तन गर्नु पर्नेछ । ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङ्गलाई अझ सहज, सुरक्षित र सुबिधाजनक बनाउनु …

पुरा पढ्नुहॊस »

पहिराेले अवरुद्ध नारायणगढ–मुग्लिन सडक १४ घण्टापछि संचालनमा

बुधबार रातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुलेको छ। बुधबार राति परेको पानीले पहिरो आएपछि सडक अवरुद्ध हुँदा सयौं सवारी साधन बाटोमै अलपत्र परेका थिए। सडक साढे १ बजेदेखि सञ्चालनमा आएको हो। नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा पानी पर्ने बित्तिकै पहिरो जाने समस्याले यात्रुहरू हरेक वर्ष सास्ती खेप्न बाध्य छन् । चितवनमा पर्ने सबै राजमार्ग सामान्यरुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए। इच्छाकामना गाउँपालिका–६ तोपेखोलास्थित नाम्सी …

पुरा पढ्नुहॊस »

चट्याङ लागेर सप्तरीमा दुई जनाको मृत्यु

वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदे बरसाइन नगरपालिका–३ मधुवनमा बिहीबार दिउँसो दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गाईवस्तु चराउन गएका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादव छन्। वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुवै जनामाथि चट्याङ परेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदे बरसाइनका प्रहरी वरिष्ठ नायव निरीक्षक सुरेश पालले जानकारी दिए।

पुरा पढ्नुहॊस »

कांग्रेसद्वारा निर्वाचनका क्रममा पार्टी हित विपरीत कार्य गर्ने १० नेता-कार्यकर्ता निष्कासित

नेपाली कांग्रेस संखुवासभाले १० जना नेता कार्यकर्तालाई निष्कासित गरेको छ। ३० वैशाखको स्थानीय तह निर्वाचनमा पार्टीको निर्णय विपरीत काम गरेको भन्दै १० जनालाई पार्टीको साधारण सदस्य नरहने गरि निष्कासन गरेको नेपाली कांग्रेस संखुवासभाका प्रवक्ता दीपेन्द्र बान्तवाले जानकारी दिए। कांग्रेस प्रवक्ता बान्तवाका अनुसार निर्वाचनका क्रममा पार्टी हित विपरीत गतिविधि गर्ने, असहयोग गर्नेलाई पार्टी पार्टीको साधारण सदस्य नरहने गरि निष्कासन गरेको हो। स्थानीय तहको निर्वाचनमा अनुशासन उलङ्घन गर्दै पार्टीलाई नोक्सान पुग्ने गतिविधि …

पुरा पढ्नुहॊस »

बञ्चरेडाँडामा फोहाेर फाल्ने विषयमा संघर्ष समिति र मन्त्रालयबीच भोलि वार्ता हुने

काठमाडौं महानगरको फोहाेर व्यवस्थापनका विषयमा देखिएको विवाद समाधानका लागि भोलि वार्ता हुने भएको छ। काठमाडौंको फोहाेर बञ्चरेडाँडामा फालेपछि विवाद उग्र बनेको थियो। स्थानीयको सहमति बेगर बञ्चरेडाँडामा फोहाेर फालेको भन्दै आन्दोलन भइरहेको छ। मंगलबार र बुधबार फोहाेर बोकेर गएका सवारीमा स्थानीयले अवरोध गरेका थिए भने प्रहरीले बल प्रयोग गरेपछि अवस्था झनै बिग्रिएको थियो। विवाद बढ्दै गएपछि त्यसको समाधानका लागि सरकार र आन्दोनरत पक्षबीच भोलि वार्ता हुने भएको हो। भोलिको वार्तामा सरकारका …

पुरा पढ्नुहॊस »

विकास र लगानीका लागि प्रतिष्पर्धा गर्न जनप्रतिनिधिलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय तहका जनप्रतिनिधिहरुले विकास र लगानीका लागि एकआपसमा प्रतिष्पर्धा गर्नुपर्ने बताएका छन्। बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीद्वारा आयोजित नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीय जनप्रतिनिधिहरुले आफ्ना स्थानीयतहमा धेरै भन्दा धेरै उद्योग व्यवसायहरु सञ्चालन गर्ने, स्वदेशी तथा विदेशी लगानी भित्र्याउने र रोजगारी सृजना गर्ने विषयमा एकआपसमा प्रतिष्पर्धा गर्नुपर्ने बताए । तीन तहका सरकार …

पुरा पढ्नुहॊस »