भारतबाट आयो इन्धनकाे नयाँ मूल्यः पेट्रोल र मट्टितेलकाे लागत मूल्य बढ्याे, ग्यासकाे घट्याे

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। नेपाल आयल निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोल र मट्टितेलको मूल्य बढेको छ भने खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य घटेको छ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा, मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ। डिजेल प्रतिलिटर ७ रुपैयाँ ४ पैसा, ग्यासमा प्रतिसिलिन्डर १२२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको छ।

मंगलबार मात्रै अर्थ मन्त्रालयले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर १०/१० रुपैयाँले घटाएर उद्योग मन्त्रालयलाई पठाएको थियो। तर, भारतबाट पेट्रोलको मूल्य फेरि बढेर आएपछि अब नेपालमा त्यसको मूल्य बढ्छ वा घट्छ भन्ने चासो सबैमा बढेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

मंगलबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजार आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ घटेको …

प्रतिकृया दिनुहॊस