के हाे ब्ल्याक बक्स?, यस्ता छन् जान्नै पर्ने रोचक तथ्य

ब्ल्याक बक्सबारे धेरैले नाम सुनेको हुनुपर्छ। विमान दुर्घटनापछि सधैं ब्ल्याक बक्स खोजिन्छ, किनकी यसमा भएको तथ्यांकले विमान दुर्घटनाको कारण पत्ता लगाउन सहयोग गर्छ। तर, वास्तवमा ब्ल्याक बक्स भनेको के हो ? नामअनुसार यो किन कालो हुँदैन ? प्रस्तुत छ ब्ल्याक बक्सबारे केही रोचक तथ्यः

१. आधिकारिक रूपमा यो ब्ल्याक बक्स होइन
हामीले ‘ब्ल्याक बक्स’ भनेर चिनेको सामग्रीको वास्तविक नाम फ्लाइट डाटा रेकर्डर (एफडीए) हो । यसले वास्तवमै तथ्यांकको रेकर्ड राख्छ । दुर्घटनापछि अनुसन्धानलाई सहज बनाउन, इन्जिनको आवाज, तापक्रम, इन्धनको प्रवाह, विमानको गति, उचाइ र झर्ने दरलगायतका उडानसँग सम्बन्धित तथ्यांकको यसले रेकर्ड राख्छ । यसलाई ब्ल्याक बक्सभन्दा रेकर्डर भन्नु बढी उपर्युक्त हुन्छ । पहिला यो एउटा बक्सको आकारमा हुने भए पनि अहिले यसको आकार हल्का सिलिन्डर जस्तो हुन्छ।

२.सामान्यतया दुई वटा बक्स हुन्छन्
फ्लाइट डाटा रेकर्डरको नजिकै ककपिट भोइस रेकर्डर (सीभीआर) हुन्छ। ककपिट भोइस रेकर्डर एउटा उडान रेकर्डर हो, जुन ककपिटको अडियो वातावरण रेकर्ड गर्न प्रयोग गरिन्छ। उदाहरणको लागि विमान दुर्घटनापछिको अनुसन्धानमा एयर ट्राफिक कन्ट्रोलसँग भएका सञ्चारलाई आधार मानिन्छ । कहिलेकाही एफडीआर र सीभीआरलाई जोडेर एउटा बक्स बनाइन्छ। सीभीआरले ककपिटको दुई घन्टासम्मको आवाज रेकर्ड गर्छ।

३. वास्तवमा यो कालो नभएर सुन्तला रंगको हुन्छ
ब्ल्याक बक्स आगो प्रतिरोधी सामग्रीबाट बनेको हुन्छ जुन उज्यालो सुन्तला रंगको हुन्छ । यसलाई ओरेन्ज बक्स नभनी किन ब्ल्याक बक्स भनियो भन्ने बारेमा केही प्रष्ट छैन। दुर्घटनापछि यो प्रायः कालो हुन्छ। यो हल्का गुलाफी र रातो रंगको पनि हुन्छ। अस्ट्रेलियाका वैज्ञानिक डेभिड वारेनले सन् १९५७ मा ब्ल्याक बक्सको आविश्कार गरेका थिए ।

४. यसलाई ककपिटमा राखिँदैन
तथ्यांक र आवाज ककपिटबाटै रेकर्ड गरिने भए पनि ब्ल्याक बक्सलाई ककपिटभित्र भने राखिँदैन। सामान्यतया तिनीहरू विमानको अगाडि वा पछाडि हुन्छ, जहाँ विमानको संरचनाले तिनीहरूलाई दुर्घटनाको अवस्थामा सबैभन्दा राम्रो सुरक्षा गर्दछ। ब्ल्याक बक्स टाइटेनियम धातुबाट बनेको हुन्छ। यसले बिना बिजुली ३० दिनसम्म काम गर्न सक्छ। यसले ११००० डिग्री सेल्सियसको तापक्रम सहन सक्छ। पानीभित्र डुब्दा पनि यसमा खासै असर हुँदैन। ब्ल्याक बक्समा रेकर्ड भएको आवाजलाई अनुसन्धानकर्ताहरूले टाढाबाट पनि पहिचान गर्न सक्छन्। ब्ल्याक बक्सले विमान दुर्घटनाको स्पष्ट तस्विर प्रतिबिम्बित गर्दैन तर विमान दुर्घटनाको अनुसन्धानमा यसले महत्वपूर्ण भूमिका खेल्छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई दिने क्षतिपूर्ति १० लाख पुर्‍याइने

काठमाडौं । श्रम तथा रोजगार मन्त्री डिपी अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारले …

प्रतिकृया दिनुहॊस