नेप्सेमा ओरालाे यात्रा कायमै, बुधबार ७ अंकले घट्याे

नेपाली सेयर बजार नेप्से बुधबार ७ अंकले ओरालाे लागेकाे छ। नेप्सेमा बुधबार ७.१९ अंकले ओरालाे लागेसँगै नेप्से परिसूचक २१ सय ३० दशमलव ७३ अंकमा पुगेर बन्द भएको छ। बुधबार नेप्सेमा सेन्सेटिभ इन्डेक्स १.१६ अंकले घटेर ४ सय १४.४७ अङ्कमा पुगेको छ ।

नेप्सेमा ३० लाख २० हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७ करोड ८४ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा २ सय २७ कम्पनी सेयर कारोबार हुँदा ११४ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् भने ९७ कम्पनीका सेयरधनीले गुमाएका छन् ।

नेप्सेमा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट र एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। सकारात्मक सर्किट लागेको कम्पनीमा बलेफी हाइड्रो पावर कम्पनीको सेयर १२ रुपैयाँले बढेर १३९ रुपैयाँ र मैलुङखोला जलवि्युत् कम्पनीको सेयर मूल्य ४८ रुपैयाले बढेर ५२८ रुपैयाँ पुगेको छ।

त्यस्तै नेप्सेमा शेखर इन्स्योरेन्स कम्पनीको सेयरमा १०२ रुपैयाले घटेर ९२४ रुपैयाँ पुगेको छ। सेयर बजारमा डेभलमेण्ट बैंक सेक्टर, हाइड्रो पावर कम्पनी सेक्टर र फाइनान्स सेक्टरबाहेक अन्य सेक्टरमा ओरालाे लागेकाे छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । …

प्रतिकृया दिनुहॊस