प्रदिप नेपाल

कपिलवस्तुमा बेपत्ता एक युवकको शव इनारमा भेटियाे

कपिलवस्तुमा एक युवकको शव इनारमा फेला परेको छ। तीन दिनदेखि बेपत्ता कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका युवक अर्जुन कहारको शव आज इनारमा डुबेको अवस्था फेला परेको हो। श्रीराम गोरखा माध्यमिक विद्यालय नजिकको इनारमा कहारको शव डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले जानकारी दिए। उनका अनुसार कहारको शव परीक्षण गर्न शिवराज अस्पताल पठाइएको छ।

पुरा पढ्नुहॊस »

अमेरिका जाने हवाई यात्रुले अबदेखि कोभिड परीक्षण गरेको प्रमाण देखाउनु नपर्ने

अमेरिका जाने हवाई यात्रुहरूले अबदेखि कोभिड–१९ परीक्षण गरेको प्रमाण पेस गर्नु नपर्ने भएको छ। कोभिड महामारी घट्दै गएपछि अमेरिकी सरकारले पछिल्लो कदम चालेको हो। ह्वाइट हाउसका सहायक प्रेस सेक्रेटरी केभिन मुनोजले ट्विटरमा यसको पुष्टि गरेका हुन्। पयर्टक उद्योगको चर्को लबिंगपछि सरकार कोभिड परीक्षण गरेको प्रमाण पेस गर्नु नपर्ने निर्णयमा पुगेको हो । यसअघि सबै यात्रुहरूले आफ्नो उडानमा चढ्नु अघि वा यात्राअघि कोभिड–१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेस गर्नु पर्दथ्यो । …

पुरा पढ्नुहॊस »

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक संचालनमा

वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालन भएको छ। गए राति ९ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो । पहिरो हटाएर राति १ः३० बजेबाट नै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकार प्रा. लि.मा छुट

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक र अन्नपूर्ण केबुलकार प्रा. लि.बिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर सेदीबगर लेसाइड पोखरादेखि सराङ्कोट पोखरासम्म सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारसँग सम्झौता गरेको हो । …

पुरा पढ्नुहॊस »

प्रभु बैंक र होटल ड फ्लेमिङ्गो प्रा. लि. बिच सम्झौता

जेष्ठ २५ गते प्रभु बैंक लिमिटेड र होटल ड फ्लेमिङ्गो प्रा.लि बिच होटल ड फ्लेमिङ्गोमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट मणिग्राम शाखा कार्यालयका प्रमुख सन्तोष खत्री र होटल ड फ्लेमिङ्गो प्रा.लि.का तर्फबाट निर्देशक दिलीप गौचनद्वारा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । प्रभु बैंक र होटल ड फ्लेमिङ्गो प्रा.लि. बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले होटल ड फ्लेमिङ्गो …

पुरा पढ्नुहॊस »

काठमाडौंमा भूकम्पको धक्का महसुस

शनिवार बिहान काठमाडौं आसपास भूकम्पको धक्का महसुस भएको छ। काठमाडौं लगायतका क्षेत्रमा बिहान २ बजेर ३६ मिनेटमा भूकम्पको झड्का महसुस भएको हो। बिहानीपख गएको भूकम्पको धक्कापछि सर्वसाधारणहरु घर बाहिर निस्किएका थिए । थप विवरण आउन बाँकी छ ।

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री देउवाद्वारा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे)को कार्यकारी सदस्यमा निर्वाचित भएकामा बधाई दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री देउवाले उनलाई बधाई तथा शुभकामना दिँदै नेपाल सरकार सदैव प्रेस स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा प्रतिबद्ध रहेको बताए। प्रधानमन्त्री देउवाले प्रेस युनियनले श्रमजीवी पत्रकारका पक्षमा गर्दै आएको काम सराहनीय भएको उल्लेख गर्दै युनियनको विश्व मञ्चमा प्रतिनिधित्व हुनु अझ खुशीको कुरा भएकाे बताए। उनले …

पुरा पढ्नुहॊस »

कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले घट्योः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले कुल विदेशी विनियम सञ्चिति १८ प्रतिशतले घटेको बताएको छ। ‘२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले कमी आई २०७९ वैशाख मसान्तमा ११ खर्ब ४६ अर्ब ८८ करोड कायम भएको छ,’ राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो दश महिनाको विवरणमा भनेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा ०७९ वैशाख मसान्तमा …

पुरा पढ्नुहॊस »

जनप्रतिनिधिलाई एकीकृत समाजवादीले दिने भनिएको प्रशिक्षण स्थगित

सत्तारुढ नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिलाई दिने भनेको प्रशिक्षण स्थगित गरेको छ। समाजवादीले आफ्नोतर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने तयारी गरेको थियो। एकीकृत समाजवादीका उपमहासचिव डा.गंगालाल तुलाधरले जनप्रतिनिधिका निम्ति तय भएको प्रशिक्षण स्थगित भएको जानकारी दिए । एकीकृत समाजवादीले आफ्ना तर्फका जनप्रतिनिधिहरुलाई आगामी ५ र ६ असारमा प्रशिक्षण दिने कार्यक्रम तय गरेको थियो ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकले अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन बनाउँदै

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको लाजिम्पाटस्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको छ । उक्त भवन निर्माणका लागि भवनको डिजाइज बनाउने सम्झौतासमेत गरेको छ । बैंकले नयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्युतीय इन्जिनियरिङ्ग लगायत दिगो डिजाइजका लागि डिल्लीबजारस्थित आर्किप्लान एसबिटि प्रा.लिसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आर्किप्लान एसबिटि प्रा.लि.का प्रमुख आर्किटेक्ट सञ्जयबहादुर थापाबीच हस्ताक्षर भएको …

पुरा पढ्नुहॊस »