प्रधानमन्त्रीले बालेन्द्रलाई भने, ‘हाम्रो सहयोग सधैं रहन्छ’

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। उनले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग भेटेका हुन्।

त्यसक्रममा शाहले महानगरको काममा सहयोग गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए। जवाफमा प्रधानमन्त्री देउवाले सरकारले पूर्णरुपमा सहयोग गर्ने बचन दिएको बताइएको छ।

शाहले निर्वाचनमा चमत्कार गरेको भन्दै देउवाले खुसी व्यक्त गर्नुका साथै बधाई पनि दिएका थिए। ‘तपाईंले चमत्कार गर्नुभयो, म खुशी छु। ५ वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ। मलाई २४ सै घण्टा सम्झन सक्नु हुनेछ,’ भेटमा देउवाले भनेका थिए, ‘महानगरको कार्यपालिकामा पनि कांग्रेसको बहुमत छ। विकासको काममा सहयोग हुनेछ। फोहोर व्यवस्थापनको लागि जे–जे उपाय छ, अपनाउनुहोला।’ देउवाले भने।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

गगनलाई रविको चुनौती- मैले ऋण लिएको प्रमाणित भए राजनीति छोडिदिन्छु

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गगन थापाले आफूले निवेदन दिएर ऋण लिएको प्रमाण …

प्रतिकृया दिनुहॊस