कमल थापा भन्छन्, ‘नेपालको अर्थतन्त्र कुनै पनि बेला धरासायी हुन सक्छ’

राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको अर्थतन्त्र कुनै पनि बेला धरासायी हुन सक्ने बताएका छन्। बुधबार राप्रपा नेपालले हेटौंडामा आयोजना गरेको वर्तमान चुनौती र विकल्प विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष थापाले विदेशबाट आउने रेमिट्यान्स अलिकति मात्रै पनि घटिबढी भएमा देशको अर्थतन्त्र धरासायी हुने बताएका हुन् ।

‘ठूला ठूला बिल्डिङहरू बनिरहेका छन्, तर ती बिल्डिङहरूमा भाडा तिरेर बस्न सक्ने क्षमतामा ह्रास भइरहेको छ,’ उनले भने ‘अहिले लखपति र करोडपति भएकाहरू पनि सडकमा पुग्न सक्ने खतरा छ।’ अहिले देशमा रहेका ४० लाखभन्दा बढी सृजनशील युवाहरू विदेशिनु ठूलो समस्या रहेको उनी बताउँछन् ।

देशको अर्थतन्त्र रेमिट्यान्समा आधारित हुनुपरेकोमा अवस्था चिन्ताजनक रहेको उनले बताए । उनले धर्म परिवर्तनको डढेलोले नेपालको राष्ट्रिय पहिचान र एकतालाई अप्ठ्यारो पारेको बताए । ‘नेपालमा धार्मिक र सांस्कृतिक क्षेत्रमा जसरी आक्रमण भइरहेको छ, त्यसमा म चुप लागेर बस्न सक्दिनँ,’ उनले भने, ‘म कुनै धर्मको विरोधी होइन तर हाम्रो पहिचान संकटमा पर्दैछ, राष्ट्रिय अस्तित्वलाई खतरा छ ।’

सनातन धर्म मानव जीवनको दर्शन र पद्धतिसँग गाँसिएको कुरा भएको बताउँदै थापाले यसप्रति योजनाबद्ध र संगठितरूपले आक्रमण भइरहेको भन्दै चिन्ता व्यक्त गरे। देशमा भ्रष्टाचारको महारोगबाट सम्पूर्ण समाज ग्रस्त भएको उनी बताउँछन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस