प्रदिप नेपाल

आइएमई पे को क्यासब्याक अफर सार्वजनिक

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले जेठ २५ गतेदेखि नयाँ क्यासव्याक अफर सार्वजनिक गरेको छ। “प्रिमियम तिरौं क्यासब्याक पाऔं ” नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे मार्फत ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति मात्र नभइ प्रिमियम तोकिएको मिति सकिएको ७ दिनभित्र भुक्तानी गर्दा रु. १००० सम्मको क्यासब्याक पाउनेछन् । अफर अवधिभर हरेक महिना एक भाग्यशाली विजेताले स्मार्ट घडी जित्न सक्नेछन् । आइएमई पेको बारेमाः नेपालको …

पुरा पढ्नुहॊस »

डिशहोममा १ वर्षको रिचार्ज गर्दा इलामकी मन्दिरा राईले जितिन् नगद एक लाख

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ। यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् । यसै क्रममा फाकफोकथुम २, इलामकी मन्दिरा राईले नगद रु एक लाख जितेकी …

पुरा पढ्नुहॊस »

डिशहोमका ग्राहक मदनविक्रम थापाले जिते नगद एक लाख

१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउनेछन्, साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्नेछन् । यसै योजना अन्तर्गत गरिएको लक्की ड्र मा : CAS ID 02564153725 भएका ग्राहक मदनविक्रम थापाले रु एक लाख जित्न सफल भएका छन् । डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम …

पुरा पढ्नुहॊस »

पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज जनकपुर पुग्यो

पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेको छ। मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एयरले जनाएको छ। साढे १ बजे उक्त जहाज काठमाडौं तर्फ उडेको थियो। मौसम खराब भएकै कारण अवतरणमा समस्या भएको बुद्ध एयर पोखराले जनाएको छ। त्यसपछि पोखराका अन्य उडान पनि अवरुद्ध भएको थियो ।

पुरा पढ्नुहॊस »

जन्ती बोकेको बस दुर्घटना, १२ जना घाइते

चितवनको रत्ननगरमा बुधबार दिउँसो जन्ती बोकेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। रत्ननगर नगरपालिका-२ सब्जीमण्डीस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिहर मन्दिरबाट जन्ती बोकेर खैरहनी जाँदै गरेको ना५ख ६४३ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ। बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हाे । बसमा ३० जना सवार थिए। दुर्घटनामा घाइते भएकाहरूको स्थानीय अस्पताल र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ।

पुरा पढ्नुहॊस »

एनएमबि बैंक र विन्ड पावर नेपालबीच समझदारी, आधुनिक कृषिमा सहयोग पुग्ने विश्वास

एनएमबि बैंक लिमिटेडले हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणालीमा कर्जा लगानी गर्नको लागि विन्ड पावर नेपाल प्रा.लिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। उक्त समझदारी पत्र बमोजिम बैंकले विन्ड पावर नेपाल प्रा.लि.बाट हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणाली खरिद गर्न इच्छुक व्यक्ति तथा व्यवसायलाई कर्जा उपलब्ध गराउनेछ । हाइड्रोपोनिक्स भनेको माटोको प्रयोग नगरी बिरुवा उब्जाउने प्रविधि हो । यसले पानीमा आधारित पोषक तत्वहरू प्रयोग गरि ३ देखि १० गुणा बढी उत्पादन गर्न सक्दछ। …

पुरा पढ्नुहॊस »

प्रधानसेनापति शर्मासँग जापानी राजदूतकाे भेटघाट

नेपालका लागि जापानका राजदूत किकुता युताकाले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन्। राजदूत युताकाले आज सैनिक मुख्यालय जंगी अड्डा पुगी प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन्। भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। ‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ नेपाली सेनाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पुरा पढ्नुहॊस »

गठबन्धन प्रदेश र प्रतिनिधिसभा चुनावसम्मै रहन्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म कायम रहने बताएका छन् । अध्यक्ष नेपालले आगामी मंशिरमा प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुने भन्दै त्यतिबेलासम्म सत्तारुढ गठबन्धनलाई कायमै राखेर अघि बढ्न आफ्नो पार्टीले चाहेको बताएका हुन् । पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धनलाई भत्काउने प्रयत्नहरु भईरहे पनि त्यसको पछि नलाग्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे। गठबन्धनभित्र …

पुरा पढ्नुहॊस »

१६ जना काेराेना संक्रमित थपिए, ८ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर थप १६ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा पीसीआरबाट १० र एन्टीजेनबाट ६ जनामा गरि १६ जनामा कोरोना पुष्टि भएको हो। आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या १ सय ९ जना रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ८ जना कोरोना संक्रमणमुक्त भएका छन्। आज कसैकाे पनि मृत्यु भएकाे छैन । एक दिनमा काेराेनाविरूद्धकाे खाेप लगाउनेहरूकाे संख्या १ लाख १६ हजार ३८३ …

पुरा पढ्नुहॊस »

नबिल बैंकले सार्वजनिक शौचालय सञ्चालन गर्ने

नबिल बैंकले काठमाडौँ महानगरपालिकामा रहेका आफ्ना तोकिएका शाखाहरुका शौचालयहरुलाई निःशुल्क सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने भएको छ। काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच सम्झौता भएसँगै सर्वसाधारणले अब महानगरभित्र रहेका १८ शाखाहरुका शौचालयहरुलाई निःशुल्क रुपमा प्रयोग गर्न सक्नेछन् । नगर कार्यपालिकाको ०७९ जेठ १६ को निर्णयअनुसार सार्र्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन गरेको काठमाडौँ महानगरको आह्वान अनुरुप नबिल बैंकले आफ्नो ऐक्यबद्धता जनाएको हो । महानगरले शौचालय सार्वजनिक प्रयोगको लागि भएको सूचनासहितको संकेतबोर्ड प्रष्ट …

पुरा पढ्नुहॊस »