प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार आज आफ्नो टिममा रहेका र पदाधिकारीमा आकांक्षा राखिरहेका नेतासँग छलफल गर्ने भएका छन्। महाधिवेशनमा उम्मेद्वारबारे अनौपचारिक रुपमा छलफल भइरहेको भएपनि टुंगो नलाग्दा समस्या भएको नेताहरुले बताएपछि देउवाले छलफल गर्न लागेका हुन्। देउवाले बैठकमा आकांक्षीहरुको कुरा सुन्ने र जितिने गरि टिम बनाउन खोज्ने देउवा निकटका एक नेताले बताए। देउवा पक्षमा उपसभापति, महामन्त्री, सहमहामन्त्रीका आकांक्षी धेरै देखिएका कारण आफ्नो पक्षमा त्यसको व्यवस्थापन त्यति सहज देखिएको …
पुरा पढ्नुहॊस »कांग्रेस १४ औं महाधिवेशनः पौडेल पक्षले आज साझा उम्मेद्वार तय गर्ने
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबारसम्ममा साझा उम्मेद्वार छान्ने दाबी गरेका छन्। पार्टीको १४ औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट साझा उम्मेद्वार तय गर्न भन्दै मंगलबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको बैठकपछि नेता पौडेलले सहमतिमै साझा उम्मेद्वार तय हुने बताएका हुन्। नेता पौडेलले आफूहरु सहमतिको नजिक पुगेको दाबी गरे। ‘हामी सहमतिको नजक नजिक पुगेका छौं’ बैठकपछि पौडेलले भने, ‘भोलिसम्म हाम्रो निर्णय बाहिर आउँछ।’ साझा उम्मेद्वार तय गर्न केही प्रक्रिया पूरा …
पुरा पढ्नुहॊस »मुक्तिनाथ फाउण्डेशनको शुभारम्भ
मुक्तिनाथ फाउण्डेशनको विधिवत शुभारम्भ भएको छ। सामाजिक तथा आर्थिक रुपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरुलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले यो संस्था स्थापना गरिएको हो। मुनाफा वितरण नगर्ने संस्थाको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा असोज १ गते दर्ता भएको यो संस्थाले लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्नेछ। आज सम्पन्न एक औपचारिक कार्यक्रममा फाउण्डेशनले विधिवत रुपमा कार्याराम्भको घोषणा गरेको छ …
पुरा पढ्नुहॊस »१७ औं वार्षिकोत्सवको अवसरमा सानिमा बैंकद्वारा रक्तदान कार्यक्रम
सानिमा बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ। बैंकको मुख्य कार्यालय अगाडि रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयवासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो। मंगलबार बिहान ९ बजेदेखि शुरु भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे। सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत …
पुरा पढ्नुहॊस »‘खल्ती’ले फेरि ल्यायो आइफोन जित्ने मौका
नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले फेरि आइफोन जित्ने मौका ल्याएकाे छ। “खल्ती मा आइफोन १३” अफर साथै १ लाख खल्ती पोइन्ट्स मात्र रू. ५० मा जित्न सकिनेछ। यो क्याम्पेन ५ डिसेम्बरदेखि सुरु हुँदै १४ जनवरीसम्म लागू हुनेछ। प्रयोगकर्ताहरुले यसमा सहभागी हुनको लागि खल्ती एपको फिटरड् सर्विसेशमा गएर “खल्ती मा आइफोन”बाट मात्र रू. ५० को रिचार्ज गर्नुपर्नेछ। त्यो रकम प्रविष्ट गरिएको नम्बरमा रिचार्ज हुन्छ। जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले …
पुरा पढ्नुहॊस »‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना सार्वजनिक
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ। यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा भएको कम्पनीको दाबी रहेको छ। विकासोन्मुख देश र भौगोलिक बनावटका कारणबाट नेपालको जीवन यापनमा जोखिम रहेको पाइन्छ। विकासको गति बढेसँगै ठूला ठूला परियोजनाहरू, हाइड्रोपावरहरू, भवन निर्माण लगायतका निर्माण कार्य तीव्रगतिमा अघि बढिरहेको अवस्थामा जोखिम बढी रहने भन्दै कम्पनीले यो योजना ल्याएको बताएको हो। यसरी बढी …
पुरा पढ्नुहॊस »नेप्से परिसूचक ३७.१८ अंकले गिरावट
सोमबार ३२.२२ अंकले बढेको शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार पुनः गिरावट आएको छ। मंगलबार नेप्से परिसूचक ३७.१८ अंकले घटेर २ हजार ५०८.९१ बिन्दुमा झरेको छ। आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.८५ अंकले घटेर ४७४.१३ बिन्दुमा झरेको छ। आज कारोबारमा आएका २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँको शेयर कारोबार भएको छ। आज बजारसँगै …
पुरा पढ्नुहॊस »वेस्टर्न युनियनको क्यास उत्सवका बम्पर विजेता घोषणा
अन्तरदेशीय सीमा र अन्तरदेशीय मुद्रा कारोबार र भुक्तानीमा अग्रणी विनिमय कम्पनी वेस्टर्न युनियनले दशैँ, तिहार र छठ लक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ। मंसिर १० गते शुक्रबार आयोजित कार्यक्रममा लक्की ड्र मार्फत मस्तिका नेपाली बि.क.विजेता घोषित भएकी हुन् । उनले वेस्टर्न युनियनको नेपालमा रहेका ७ वटा मुख्य एजेन्ट मध्ये नबिल बैँकको सब–एजेन्ट मुक्तिनाथ विकास बैँकबाट कारोबार गरेकी थिइन् । उनलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोका र मुक्तिनाथ …
पुरा पढ्नुहॊस »कोरोना अपडेट: ३१५ जना सङ्क्रमित थपिए, ३०४ निको भए
देशभर पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ८१० जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २३ हजार १०२ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेको सङ्ख्या ९५ हजार ६६२ जना रहेको छ। आज ३०४ जना निको भएका छन्। यससँगै निको हुनेको कूल …
पुरा पढ्नुहॊस »सिभिल बैंकका अध्यक्ष पाण्डेद्वारा सपथ ग्रहण
सिभिल बैंक नवनियुक्त अध्यक्ष प्रतापजङ्ग पाण्डेले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट सपथ लिएका छन्। उक्त अवसरमा अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गरे। पाण्डेले सम्मानजनक मर्जरको लागि खुल्ला रहेको धारणा राखेका थिए ।
पुरा पढ्नुहॊस »