विगतको सरकारले के गर्यो भन्दा पनि वर्तमान सरकारले के गर्दैछ भन्ने कुरा महत्वपूर्णः मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गफ मात्र छाँटेर समय व्यतित गरेको आरोप लगाएका छन्।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले विगतको सरकारले के गर्यो र गरेन भन्दा पनि वर्तमान सरकारले के गर्दैछ भन्ने कुरा महत्वपूर्ण हुने बताए। ओली सरकारले साढे तीन वर्ष गफमा बिताएको बताएका कार्कीले कांग्रेसको सरकार मुलुकको समृद्धि र विकास केन्द्रीत रहेको बताए।

शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले केन्द्रमा बनेको गठबन्धनको सहमति बमोजिम वर्तमान सरकार अघि बढेको बताए।

यसैबीच मन्त्री कार्कीले प्रदेश १ का नेपाली कांग्रेसका प्रदेश सांसदहरुलाई पार्टी निर्णय विपरित नजान निर्देशन दिए। मन्त्री कार्कीले प्रदेश सभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई पार्टी निर्णयको अक्षरस पालना गर्न निर्देशन दिएका हुन्।

मन्त्री कार्कीले प्रदेश एक सरकारको प्रतिनिधित्वको विषयलाई लिएर केही कांग्रेस नेता तथा कार्यकर्ता ट्रयाक बाहिर जान खोजेको बुझिन आएको भन्दै त्यसो गरिए पार्टी हित विपरित ठहरिने बताए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा

काठमाडौं । सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले जिल्ला अदालत काठमाडौंमा धरौटी बापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

प्रतिकृया दिनुहॊस