अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई पदमा दोहाेर्याउनु हुँदैनः प्रकाशमान सिंह

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई पदमा दोहाेर्याउन नहुने बताएका छन्।

नेपाली कांग्रेस सुनसरी काठमाडौं सम्पर्क समिति काठमाडौ आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बौल्दै नेता सिंहले १३ औं महाधिवेशनपछि नेतृत्व पाएकाले जिम्मेवारी पुरा गर्न नसकेकाले पार्टीमा अहिलेको अवस्था सिर्जना भएको बताएका हुन्। उनले पटक पटक जिम्मेवारी पाउँदा पनि पाएको जिम्मेवारी पुरा गर्न नसक्ने नेतालाई पुनः जिम्मेवारी दिए पार्टीको अवस्था अझै धेरै विग्रने बताए।

‘अहिले पार्टीको परम्परा नै मिचिएको छ। देश बनाउँछु बनेर अगाडि बढ्ने नेताहरुले आफ्नै पार्टीको अवस्था नाजुक बनाएका छन्।’ उनले भने ‘ अवसर पाएर पनि काम नगर्नेहरुलाई रिपिट गर्न हुन्न। यसले पार्टीलाई फाइदा गर्दैन।’

नेता सिंहले अझै पनि केही जिल्लामा क्रियाशिल सदस्यता विवाद कायम रहेकाे बताउँदै विधि र नियमपूर्वक समाधान गर्नु पर्ने बताए। उनले रौतहट जिल्लाका कार्यकर्ताहरु धर्ना बसेको सय दिन बितिसक्दा पनि नेतृत्व माैन रहेकाे बन्दै आपत्तिसमेत जनाए। विधि र नियम अनुसार अगाडि बढेको भए अहिलेको समस्या नआउने भन्दै नेता सिंहले विधि र नियम पालना गर्न अहिलेको नेतृत्वलाई कस्ले छेक्यो भन्ने प्रश्न गरे। पार्टीकाे आगामी १४ औं महाधिवेशनलाई कमिकमजोरी सुधार गर्ने मौकाको रुपमा लिनु पर्ने उनको भनाइ छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस